कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

पुष २१ धनगढी

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।कृष्णपुर नगरपालिकामाको कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालय प्राङगणमा हुने प्रतियोगितामा अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए । नगरको लक्ष्य अनुरुप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए ।

‘नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रर्दशन गर्ने लक्ष्य अघि सारेका छन ।’

नगरभरीका २६ विद्यालय सहभागि हुने मेयर ओझाले बताए । ‘नगरभरीका सबै विद्यालयका विद्यार्थी सहभागि हुनेछन ।’

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै विद्यालयमा खेल मैदान निर्माणदेखिका खेलकुद सरचना समेत निर्माण भईरहेको मेयर ओझाले बताए । ‘हाम्रो उदेश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होईन, ‘मेयर ओझाले भने, ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्नेपनि हो, सोही अनुरुप हामीले फिल्डमा खटिएका छौँ ।’

खेलकुद माध्यामिबाट खेलाडी उत्पादनदेखिका किशोर, युवा पुस्तालाई कुलतबाट बचाउने उदेश्य समेत रहेको बताए ।‘यो खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रुपमा मनाईरहेका छौँ, ‘उनले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता हुनेछ ।’

प्रतियोगिता उद्घाटनकै दिन यस अघि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका विजेता खेलाडी विद्यार्थीलाई समेत नगद पुरस्कार दिने बताए । ‘यो केबल राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता मात्रै हो, ‘मेयर ओझाले भने, ‘स्थानीय सरकारले राम्रो प्रर्दशन र विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतियलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाकै प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन हुनेछन । उद्घाटन कार्यक्रममा विद्यालयका पुर्व पदाधिकारी, शिक्षक सहितका नगरको खेलकुद विकासका योगदान पु¥याउने खेलाडीलाई सम्मान गरिनेछन ।

पहिलो पटक कृष्णपुर नगरपालिकाको २ नम्बर वडाको वाणी गाँउमा नगरस्तरकै खेलकुद प्रतियोगिता हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ प्रतियोगिता संचालनकै लागि सरस्वती माविमा फिल्ड व्यवस्थापन गरिने बताए । वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बन्नेदेखि स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए । सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक हुन लागेको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावमा उत्साह जगाएसंगै सम्पन्न गर्नका लागि खटिएको बताए ।

कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकास खडकाले यस बर्षपनि भईरहेको नगर स्तरिय खेलकुद प्रतियोगिता उत्साहजनक र विगत भन्दा थप पुरस्कृत बनाईने बताए । खेलकुद प्रतियोगिताले थप खेलाडीलाई समेत उत्साह जगाउने बताए । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्लाभरी खेलकुद महोत्सवको माहोल बनाएको बताए । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरू जिल्ला हुँदै प्रदेश तथा सङ्घमा समेत सहभागी हुन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply