हेमा भट्ट
२३ पुस २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिकाको १५औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माद्यामिक विद्यालयको खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतियोगिताको उद्घाटन गर्दै सो अवसरमा विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिँने हुँदा यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताए खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने मन्त्री थापाले जानकारी गराए । खेलकुदको माध्यमबाट शरिरीक स्फूर्ति बढाउन प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, कराँते, तेक्ववान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले पहिलो पटक आफ्नो वडामा हुन लागेको राष्ट्रपति रनिङ्ग प्रतियोगिताले उत्साह जगाएको बताए । उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएकाे बताए । वडाध्यक्ष साउदले आफुहरुले वडामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्नका लागि सरोकारवाला सबै खटिएर यहाँसम्म पुगेको बताए ।
उनले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बेर स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए ।वडाध्यक्ष साउदले अहिले वाणी क्षेत्र खेलकुदमयी बनेको छ ।
सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक हुन लागेको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावमा उत्साह जगाएको बताए । प्रअ बडूले ऐतिहासिक जिम्मेबारीका लागि उनले खुसी व्यक्त गरेका छन ।
कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकास खडकाले यस बर्षपनि भईरहेको नगर स्तरिय खेलकुद प्रतियोगिता उत्साहजनक र विगत भन्दा थप पुरस्कृत बनाईने बताउँदै उनले खेलकुद प्रतियोगिताले थप खेलाडीलाई समेत उत्साह छाएको बताए ।
कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्लाभरी खेलकुद महोत्सवको माहोल बनाएको बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरमा खेलकुद महोत्सवले उत्साह छाएको बताए । मेयर ओझाले संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए । नगरको लक्ष्य अनुरुप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए ।
‘नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रर्दशन गर्ने लक्ष्य अघि सारेका छन ।’
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै विद्यालयमा खेल मैदान निर्माणदेखिका खेलकुद सरचना समेत निर्माण भईरहेको मेयर ओझाले बताए । ‘हाम्रो उदेश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होईन, ‘मेयर ओझाले भने, ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्नेपनि हो, सोही अनुरुप हामीले फिल्डमा खटिएका छौँ ।’
खेलकुद माध्यामबाट खेलाडी उत्पादनदेखिका किशोर, युवा पुस्तालाई कुलतबाट बचाउने उदेश्य समेत रहेको बताए ।‘यो खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रुपमा मनाईरहेका छौँ, ‘मयर ओझाले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता भएको छ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतियलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ ।
‘यो केबल राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता मात्रै हो, ‘मेयर ओझाले भने, ‘स्थानीय सरकारले राम्रो प्रर्दशन र विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नेछ ।’सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाकै प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन हुनेछन ।
यसपटक वाणी गाँउमा नगरस्तरकै खेलकुद प्रतियोगिता हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन । गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा सुरु भएको छ ।