२४ पुस २०८१
कञ्चनपुर – कृष्णपुुर नगरपालिकाको आयोजना नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीताको दोश्रो दिन सकिदा ३६ स्वर्णको छिनोफानो भएको छ । वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सञ्चालन भैरहेको उक्त प्रतियोगीतामा १० स्वर्ण,५ रजत र ९ कास्य गरी २४ पदकका साथ वडा न.७ मा शान्तीपुरमा रहेको कञ्चन मावि पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कञ्चन माविलाई वडा न.२ मा रहेको जेबी एकेडेमीले पछ्याइरहेको छ । जेबी एकेडेमी ४ स्वर्ण,६ रजत र १२ कास्य गरी २२ पदकका साथ पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । ४ स्वर्ण र १ रजत गरी कुल ५ पदकका साथ वडा न.९ राजघाटमा रहेको पञ्चाधिन मावि तेश्रो स्थानमा रहेको छ । त्यस्तै कृष्ण मावि चौथो तथा समैजी मावि पाँचौं स्थानमा रहेका छन । १४ सामुदायिक र १२ संस्थागत गरी कुल २६ विद्यालय सहभागी छनोट प्रतियोगीता पौष २५ गते समापन हुनेछ । रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा भलिबल,तेक्वान्दो,एथ्लेक्टिस,उसु,कबड्डी र मार्सल आर्टसका खेलहरुमा प्रतिस्पर्धा भैरहेको छ ।