जिल्लाकै सर्वाधिक धनराशि को“प्रथम भानु गोल्डकप २०८१” शुक्रबारदेखि पुनर्वास मा सुरु हुदै

धनबहादुर बिक –
पुनर्वास – पुष २५
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. ५ मा रहेको न्यू भानु युवा क्लबको आयोजनामा जिल्लाकै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता “प्रथम भानु गोल्डकप २०८१” भोलि शुक्रबारदेखि सुरु हुने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगिता पुनर्वास नगरपालिका वडा नं. ५ स्थित भानु खेलमैदानमा हुनेछ । प्रतियोगितामा जिल्ला भित्र र कैलालीका गरि १२ टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । क्लब सचिव जय सिंह ठकुरीका अनुसार, फुटबल खेलमार्फत उत्कृष्ट प्रतिभाको विकास र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण सहित लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए । प्रतियोगितको मुख्य प्रायोजक पुनर्वास नगरपालिका कार्यालय र प्रायोजक प्रकाश दाहाल प्रतिष्ठान काठमाण्डौ रहने जनाईएको छ ।

प्रतियोगितामा स्थानीय, जिल्ला र जिल्ला बाहिरका गरी १२ उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ । भानु खेलमैदानमा हुने यो प्रतियोगिताले फुटबल खेलमार्फत क्षेत्रीय प्रतिभा विकास गर्न र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण बढाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारः नगद रु. ५ लाख, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कारः नगद रु. २ लाख ५० हजार, मेडल, र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकः नगद रु. १० हजार, उत्कृष्ट डिफेन्सः नगद रु. १० हजार, म्यान अफ द म्याचः प्रत्येक खेलका लागि रु. १५००, सर्वाधिक गोलकर्ताः नगद रु. १० हजार र खेलभरीकै उत्कृष्ट खेलाडीः नगद रु. १५ हजार पुरस्कारको व्यवस्था गरिएको सचिव ठकुरीले बताउनु भयो ।


पत्रकार सम्मेलनमा न्यू भानु युवा क्लबका अध्यक्ष तथा प्रत्रकार सम्मेलनका सभाध्यक्ष पदम थापाले भने, “यो प्रतियोगिता जिल्लाकै ऐतिहासिक कार्यक्रम हो । यसले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने मात्र होइन, पुनर्वासलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास लिएको बताउनु भयो ।”

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम फुटबल संघका प्रदेश सदस्य खगेन्द्र ओझाले भने, “न्यू भानु युवा क्लबले पुनर्वासलाई खेलकुदमार्फत परिचित गराउने उत्कृष्ट काम गरिरहेको बताए । यस्तो प्रतियोगिताले खेलाडीहरूलाई थप प्रेरणा दिनेछ र पुनर्वासको पहिचानलाई अझ मजबुत बनाउने बताउनु भयो ।”

प्रतियोगिता करिब एक हप्तासम्म चल्नेछ । कार्यक्रमको उदघाटन पुर्व खानेपानी मन्त्री विना मगरले गर्ने तयारी रहेको छ भने समापन पुनर्वास नगर प्रमुख तोया प्रसाद शर्माले गर्ने तय भएको छ । प्रतियोगिताको सफलताका लागि आयोजकले सम्पूर्ण खेलप्रेमी र स्थानीय नागरिकलाई सहभागिताको लागि आह्वान गरेको छ । यो प्रतियोगिताले पुनर्वासमा खेलरौनक ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply