राष्ट्रपति रनिङ शिल्डको उपाधि कञ्चन माविलाई

पुष २६ धनगढी
कञ्चनपुरको कृष्णपुर नगरपालिका स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कञ्चन माध्यमिक विद्यालयले जितेको छ। कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कृष्णपुर वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सम्पन्न भएको खेलमा कृष्णपुर नगरपालिका वडा न.७ शान्तीपुरमा रहेको कञ्चन माध्यमिक विद्यालयले १७ स्वर्ण,५ रजत र १० कास्य गरी ३२ पदक जित्दै उपाधि उचालेको हो । त्यस्तै वडा न.२ वाणीमा रहेको जेबी एकेडेमीले दोश्रो स्थान हाँसिल गरेको छ । जेबी एकेडेमी ७ स्वर्ण,९ रजत र १३ कास्य गरी २९ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ । ६ स्वर्ण,२ रजत र ४ कास्य गरी १२ पदकका प्राप्त गर्दै वडा न.५ मा गुलरीया रहेको कञ्चनजंगा इ.बो.स्कुलले तृतिय स्थान हाँसिल गरेको छ भने ५ स्वर्ण,३ रजत र ३ कास्य गरी ११ पदक जितेको उदय मावि बंकले चौथो स्थान हाँसिल गरेको छ ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरी,नगरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपती राना,वडा न २ का अध्यक्ष अर्जुन साउँदले मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन । १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा १४ सामुदायिक र १२ संस्थागत गरी कुल २६ विद्यालय सहभागी थिए । समापन समारोह कृष्णपुर नगरपालिकाका अध्यक्ष हेमराज ओझाको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा नगरउपप्रमुख द्रोपती राना,वडा न.२ का अध्यक्ष अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूले बताए। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता गराइने योजना रहेको जानकारी दिइएको छ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो, कराते र उसु खेलका विभिन्न विधामा स्वर्ण, रजत र कास्यसहित खेलका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । जसको आयोजना राष्ट्रिय खेलकुद परिषदले गर्ने गर्दछ।

मंगलबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले उद्घाटन गरेका थिए । विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय गिता चौधरी, नगर उपप्रमु, वडा अध्यक्षहरु लगायत विभिन्न पार्टी का प्रतिनिधि बुद्धिजीवी शिक्षक लगायतको उपस्थिति रहेकोे थियो ।


class=”alignnone size-medium wp-image-68252″ />

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply