नेकपा माओवाद केन्द्र कृष्णपुर ४ को वडा भेला सम्पन्न, अध्यक्षमा चौधरी चुनिए

हेमा भट्ट
२७पुस २०८१
कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णपुर नगरपालिका वडा नम्बर ४ को वडा भेला सम्पन्न भएको छ । भेलाले हरिप्रसाद चौधरीको अध्यक्षतामा वडा समिती गठन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि निर्मला बडाल जाेशीले जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास र समृद्विमा पार्टी पंक्ति र जनप्रतिनिधी एक ढिक्का हुनु पर्ने बताइन् । वडा र नगर विकासका लागि स्थानीय कृष्णपुर नगर सरकारको नेतृत्व एकपटक माओवादीलाई दिनुपर्ने बताइन् अहिलेसम्म जुन पालिकामा नेकपा माओवादीकाे सरकार छ बिकाश अवस्था देख्दा जनताले फेरि पनि माओवादीलाईनै खोजेको जुशीको भनाई छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा कञ्चनपुर जिल्ला संयोजक खेमराज पाण्डेले कृष्णपुर नगरपालिका भित्र माओवादी केन्द्रले खेलेको भुमिका अतुलनीय रहेको बताए । पाण्डेले दश वर्षे जनयुद्धले गरेका उपलब्धि र माओवादी सरकारले सत्तामा आईसकेपछि सुदूरपश्चिम प्रदेशमा गरेका उल्लेख्नीय कामको बारेमा प्रकाश पार्नुभएको थियो ।

यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा पुर्व माननीय महेश दत्त जाेशीले पार्टीभित्र सुदृढीकरण विकास निकासमा स्थानीयस्तरमा भएकाे भ्रष्टाचार र व्यथतीका विरुद्ध आवाज उठाउ आग्रह गरे साथसाथै जनस्तरमा परेका नराम्रा असरबारे सकारात्मक रुपमा सुझाव र आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने र पार्टीलाई अझै फरक र समाज प्रति उत्तरदायित्व वहन गर्ने गरि पार्टी अगाडिबढिरहेको

कुरामा जाेड दिनुभएकाे हाे ।उहाँ भन्नुहुन्छ अब नेकपा माओवादी जनस्तर र प्रभावकारी भन्दै गएकाे समेत जाेशीले बताए ।

कार्यक्रममा विशिष्ट सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खेमराज ओझा,दिपक खत्री,जित बहादुर करियाकंङ्गह्वा,प्रदेश कमिटी सदस्य तथा कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउद,प्रदेश जेष्ठ कम्युनिस्ट मंचका रामलाल चौधरी,देवराज खत्री, कञ्चनपुर जिल्ला समन्वय समिति सदस्य सुरेन्द्र कार्की,कृष्णपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष धर्म बहादुर सिंह, माओवादी केन्द्रका नेता इश्वरी दत्त भट्ट, अतिथि साहित्यकार नेकपा माओवादी केन्द्रका नेता दिपेन्द्र पाल,कृष्णपुर नगर कमिटी उपाध्यक्ष मख्ख दहित, लक्ष्मण वड, नगर कमिटी सदस्यहरु,सहिद परिवारहरु, बेपत्ता सहिद परिवारहरु,भलमन्सा हरु,गणतान्त्रीक सेनानी लगायत नेकपा माओवादी पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थित रहेको थियो ।

सो अवसरमा हरिप्रसाद चौधरीको अध्यक्षतामा २५ सदस्यीय नेकपा माओवादी केन्द्र वडा नम्वर ४ वडा समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा द्राेपती भट्ट काेषाध्यक्षमा रितु सार्की,सचिवमा गाेपिलाल चौधरी सहसचिवमा नरबहादुर ढाट लगायत २५ सदस्य चयन भएका छन् । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको जनाईएको छ । सो भेलामा उपस्थित जनमुक्ती सेनाका सदस्य हरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र वडा नम्वर ४ का अध्यक्ष हरिप्रसाद चौधरीको को अध्यक्षता, कृष्णपुर नगरपालिका ४ वडा अध्यक्ष धर्म बहादुर सिंहकाे स्वागत र सचिव गाेपिलाल चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply