सुनौलो ग्रामीण बिधुत को १६ औ बार्षिक साधारणसभा सप्पन्न

गणेश क्षेत्री /
पुष २७ धनगढी-
सुनौलो ग्रामीण बिधुत सहकारी संस्था लिमिटेड को १६ औ बार्षिक साधारण सभा भजनि नगरपालिका वडान ८ जनकपुर मा सम्पन्न भएको छ
खेमराज चौधरी को सभापतित्वमा भएको कार्यक्रममा भजनि नगरपालिका का मेयर केवल चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।

विशिष्ट अतिथिमा भजनि नगरपालिका वडान ८ का अध्यक्ष पंकज चौधरी रहनुभएको थियो ।

प्रमुख अतिथि मेयर केवल चौधरी ले सामाजिक उत्तरदायित्व बहन गर्न सफल सहकारी सुनौलो ग्रामीण बिधुत सहकारी भएको बताउनुभयो ।
मेयर चौधरी ले सहकारी ले लागतसहभागितामा साझेदारी कार्यक्रम ल्याउने योजनामा नगरपालिका ५० प्रतिशत अनुदान दिन तयार भएको बताउनुभयो
विशिष्ट अतिथि वडान ८ का अध्यक्ष पंकज चौधरी ले सहकारीको मेरुदण्ड भनेको सेयर सदस्य भएकोले सेयरपुँजि बढाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष चौधरी ले बिकाश निर्माण को कार्यमा नगरपालिकाले अनुगमन मा ध्यान नदिएकोले योजना हरु समयमै सप्पन्न हुननसकेकोले जनताहरु लाभान्वित हुननसकेको बताउनुभयो ।

यदि साच्चिकै नगरपालिका ले जिम्मेवार रुपले प्रस्तुत भयो भने समयमै निर्माण गर्न नसक्ने तर पटकपटक म्याद थप्नेहरुलाइ कानुनि पाटो बाट पाठ सिकाउने हो भने सबै निर्माण का कार्यहरु समयमै सम्पन्न हुने कुरामा दुइ मत नहुने बताउनुभयो ।

सहकारी का लेखा तर्फका मोहन प्रसाद चौधरी को स्वागत मन्तव्य सङ्गै शुरुभएको कार्यक्रममा सहकारी का संरक्षक रामफल चौधरी , सल्लाहकार समिति संयोजक प्रकाश साउँद , वडा सदस्य लल्तु प्रसाद चौधरी, समाजसेवी अजय प्रसाद तिमिल्सिना , जनतोदय सहकारी का तर्फबाट नुरुल जागा लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारी ले कुल मुनाफा १ लाख ४ हजार १३ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

सहकारी को सेयरपुँजि ७ लाख ५३ हजार १ सय रहेको छ। सहकारी को बचत निक्षेप ७ लाख ४७ हजार ६ सय १५ रुपैयाँ रहेको छ
सहकारी मा महिला ५८ र पुरुष ३ सय ७४ गरेर जम्मा ४ सय ३२ जना सेयर सदस्य रहेका छन् ।

अध्यक्ष को प्रतिबेदन खेमराज चौधरी ले प्रस्तुत गर्नुभएको थियो भने बार्षिक आयब्यय ब्यवस्थापक चन्द्र प्रकाश चौधरी ले र लेखासमितिको प्रतिबेदन लेखा संयोजक रामबहादुर चौधरी ले प्रस्तुत गर्नुभएको थियो कार्यक्रम को संचालन सचिब ज्ञान बहादुर रावल ले गर्नुभएको थियो ।

कार्यक्रममा पुर्ब अध्यक्ष प्रकाश साउद लाइ दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने पुर्ब सचिब कृष्ण प्रसाद चौधरी लाइ पनि दोसल्ला र प्रमाणपत्र ले सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply