धनबहादुर बिक –
पुनर्वास – २७ पुस
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ पुनर्वास नगरपालिका वडा नम्बर ६ को सभाहलमा संस्था को साधारणसभा सम्पन्न भएको हो । संस्था को सांगठनिक प्रतिवेदन सचिव रूपेश खरेल ले प्रस्तुत गरेका थिए ।
संस्था को आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णहरि पण्डित द्वारा प्रस्तुत भई सर्वसम्मत बाट पारित गरिएको थियो । साधारणसभा मा कोषाध्यक्षमा कृष्णहरि पण्डित ले आर्थिक बर्ष पुस मसान्तसम्म को ९ लाख ८६ हजार ५८८ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
संस्था का अध्यक्ष कृष्णबहादुर तामाङ को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथ नगर प्रमुख तोय प्रसाद शर्मा , बिशिस्ट अतिथि नगर उप प्रमुख भुलिया कुमारी राना , पुनर्वास नगरपालिका निवर्तमान प्रमुख जिवाराज थापा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1