गणेश क्षेत्री /
पुष २७ धनगढी-
इलाका प्रहरी कार्यालय टीकापुर ले लागु औषध खरिदकर्ता र बिक्रेता लाइ चप्पल भित्र लुकाएको खैरो हेरोइन सहित दुइ युवालाई आज साँझ ५ बजे पक्राउ गरेको छ
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नबिनराजा बुढाथोकिले टीकापुर नगरपालिका वडान २ स्थित दुर्गौलि टाेलमा लागु औषध खरिदबिक्री भइ रहेको गोप्य सुचनाको आधारमा टीकापुर २ का दुइजना युवालाई लागु औषध सहित खैरो हेरोइन सहित पक्राउ गरेको बताउनुभयो
सुचना संकलनमा खटियको इलाका प्रहरि कार्यालय को टाेलिले बरामद गरेको खैरो हेरोइन को तौल ४० मिलिग्राम रहेको बुढाथोकिले बताउनुभयो
त्यसैगरी केहिदिन अघि २० गते टीकापुर नगरपालिका वडान २ राजिपुर बस्ने बर्ष २२ को बिक्रम बुढा र बर्ष१७ को मिलन टमट्टा लाइ चेकजाँच गर्दा ८० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको डियसपि बुढाथोकी ले बताउनुभयो
इन्चार्ज बुढाथोकी ले पहिला बोर्डर मा ध्यान केन्द्रित गरेपनि अब बाेर्डर र शहर केन्द्रित मा लागु औषध पक्राउ गर्न अभियान नै चलाएको बताउँदै टीकापुर महोत्सव मा शान्ति सुरक्षा कायम गर्न प्रहरी हरु चनाखो भएर बसेको बताउनुभयो