हेमा भट्ट २८पुस२०८१
धनगढी – थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको पहिचान र उपचारलाई प्रभावकारी बनाउन कैलालीको घाेडाघाेडी नगरपालिका ४ रामशिखर झालामा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ
सिकलसेल एनिमियाका बिरामीहरुमा हात खुटटा र शरीरका जोर्नी दुख्ने , रगतको कमी हुने जस्ता लक्ष्यण देखिन्छ। यो बंशाणुगत रोग हो
सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुर्याउने उद्देश्यले शिबिर आयोजना गरिएको हो
शिविरमा सिकलसेलका बारेमा जानकारी दिनुका साथै २ सय १६ जनाको स्वास्थ्य परीक्षण गरि रगतको नमुना संकलन गरिएको छ। सिकलसेल एनिमिया रोग भए नभएको एकिन गर्नका लागि रगतको परीक्षण गर्नुपर्ने भएकाले रगतको नमुना संकलन गरिएको हो रगतको परीक्षण पछि सिकलसेल भए नभएको एकिन गर्न सकिने जिल्ला कैलाली स्वास्थ्य निर्देशनालय कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताए
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकले सिकलसेल एनिमियाको परीक्षण गराएका थिए। सरकारले सिकलसेलका एक जना बिरामीको उपचारका लागि १ लाख रुपैया उपलब्ध गराउँदै आएको छ।
धनगढी सेती प्रादेशिकअस्पतालमा सिकलसेल भएका बिरामीहरुले निःशुल्क स्बास्थ्य चेक जाँच, परीक्षण तथा औषधी पाउदै आएका छन्
हाल सम्म बिरामीहरुले सेती प्रादेशिक अस्पतालबाट निःशुल्क उपचार सेवा पाई रहेका छन्
कार्यक्रम सुदुर पश्चिम प्रदेस!सरकार सामाजिक बिकाश मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा सम्पन्न भएको हो। शिविर संचालनमा विभिन्न नगरपालिका गाउँपालिकाकाे विशेष सहयोग रहेको स्वास्थ्य कार्यालयले जानकारी गराए ।