नारायणपुर जेसिज अध्यक्ष मा दिलिप बुढा निर्बिरोध निर्बाचित

नारायणपुर जेसिजको २४ औं शाखा अधिबेशन टीकापुर नगरपालिका वडान ७ मा सम्पन्न भएको छ

आज सम्पन्न भएको अधिबेशन बाट बर्ष २०२५ को लागि अध्यक्ष पदमा दिलिप बुढा निर्बिरोध निर्बाचित भएका छन् भने ७ जना समेत निर्बिरोध निर्बाचित भएका छन्

जेसिज बर्ष २०२४ को अध्यक्ष बिजय धामिको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर बहुमुखि क्याप्म्पस का पुर्ब क्याम्पस प्रमुख प्रा डा जगत बहादुर सिह रावल प्रमुख अतिथि रहनुभएको थियो ।विशिष्ट अतिथिमा वडान ६ का अध्यक्ष बलिराम चौधरी , वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने र साबिक नारायणपुर गाबिस का अध्यक्ष फकिर सिह कडायत रहनुभएको थियो

प्रमुख अतिथि रावल ले निस्वार्थ भावनाले सामाजिक उत्तरदायित्व बहन गर्ने युवाहरूको जमात जेसिज भएको बताउनुभयो

डा रावल ले नारायणपुर जेसिज भन्नासाथ सबैको माझमा लोकप्रिय साखाको रुपमा चर्चित भएको बताउनुभयो

जेसि दिलिप बुढा को स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा जेसि हरिकुमार कार्कि , पलबहादुर बस्नेत , लम्कि जेसिज २४ का अध्यक्ष भरत खनाल , पुर्ब अध्यक्ष बिक्रम धामि , मानार्थ सद!कपुर सिह कडायत , निबर्तमान अध्यक्ष किरण कडायत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो
कार्यक्रममा समाजसेवी कृत ठकुल्लाले युवाहरू को लागि स्वदेशमै काम गर्नुपर्छ भनेर प्रेरणा को स्रोत बनेकोले सम्मानपत्र ले सम्मानित गरिएको थियो भने टीकापुर गौशाला का अध्यक्ष लोकबहादुर बुढाक्षेत्री ले गौशाला लाई उचाइमा पुर्याएकोले सम्मानपत्र ले सम्मानित र ट्राफिक प्रहरि हल्दार देबेन्द्र साउँद ले जनचेतनामूलक कार्यक्रम बाट दुर्घटना न्यूनीकरण गरेकोले सम्मानपत्र ले सम्मानित गरिएको थियो
आज भएको निर्बाचन बाट कार्यकारिणि उपाध्यक्ष दिनेश रावल र रोमित चौधरी , महासचिव ज्ञान बहादुर रावल , कोसाध्यक्ष शंकर केसि , उपाध्यक्ष मा पदम साउद , रामबहादुर बिक , चिन बहादुर अधिकारी , बिवस चौधरी र कानुनि सल्लाहकार संगित शाहि निर्बिरोध निर्बाचित भएका छन् भने महासचिव ज्ञानबहादुर रावल , कोसाध्यक्ष संकर केसि र कानुनि सल्लाहकार संगित शाहि मनोनीत भएका छन्

आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत सम्पन्न भएको छ ! २०२५ को निर्बिरोध निर्बाचित अध्यक्ष दिलिप बुढालाइ २०२४ का अध्यक्ष बिजय धामिले चेन हस्तान्तरण समेत गरेका छन्

कार्यक्रम को सन्चालन संकर केसि र ज्ञान बहादुर रावल ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply