माघि अवसरमा कृष्णपुर ८ तेक्वान्दो खेलाडीलाई  प्रमाणपत्र प्रदान

पुष २९ धनगढी
सरस्वती सुनार
माघिको अवसरमा कृष्णपुर नगरपालिका वडान ८ स्थित मझगाँउ डाेजाङ्गले खेलाडी भेटघाट तथा प्रमाणपत्र बितरण कार्यक्रम सप्पन्न गरेको छ ।
मझगाँउ तेक्वान्दो का प्रशिक्षक प्रसान्त चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश खेलकुद परिषद का सदस्य सचिब दिपक बहादुर सिह रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिद्वय ओलम्पियन दिपक बिष्ट र नेपाल क्रीकेट संघ का केन्द्रिय सदस्य तथा माया मेट्रो अस्पताल का धिरेन्द्र साउद रहनुभएको थियो ।


प्रमुख अतिथि ले खेलाडी रास्ट्रको गहना भएको बताउनुभयो ! डाेजाङ लाइ अझै सुबिधा सप्पन्न बनाउन सकेमा उत्कृष्ट खेलाडी उत्पादन हुने प्रमुख अतिथिले बताउदै आफ्नो स्तरबाट हुने सक्दो सहयोग गर्ने बताउनुभयो

कार्यक्रममा सेकेन्ड डन प्राप्त गर्ने ७ जना खेलाडी लाई तथा अन्य ग्रेड प्राप्त गर्ने खेलाडी हरुलाइ प्रमाणपत्र प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संयुक्त रुपमा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सर्बाधिक पदक जित्न सफल रहि कंचनपुर जिल्ला तेक्वान्डाे संघले प्रदान गरेको सम्मानपत्र तथा स्थापनाकाल देखि उत्कृष्ट खेलाडी जन्माउन सफल डाेजाङ को प्रगति विवरण तथा स्वागत मन्तव्य लोकेन्द्र चौधरी ले गर्नुभएको थियो ।

कन्चन महिला सामुदायिक बनका अध्यक्ष रुपलाल चौधरी ,पुर्ब कराते प्रशिक्षक डम्बरबहादुर खड्का,शिक्षक दलबिर सिह धामि , समाजसेबि सुददि राम चौधरी र स्थानीय को उपस्थिति रहेको थियो

कार्यक्रम को सन्चालन एथलेटिक्स का निर्णायक खडक बहादुर साउद ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply