रैकवार खबर
धनगढी – थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । आज थारू बस्तीमा माघी पर्वको रौनक छाएको छ । माघी तिहारलाई नयाँ वर्षका रूपमा थारू समुदायका बस्तीहरूमा उत्साह तरिकाले बनाउने गर्छन् ।
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;
बिहानै नुहाएर माघीका लागि आवश्यक ढिक्री, तरकारी रोटीलगायतका सामग्री बनाउन व्यस्त छन् । माघीका लागि अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त छन् । विशेष मीठा–मीठा परिकारको जोहो माघीमा गर्ने चलन छ । माघीको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व धुमधाम का साथ मनाउने गरिन्छ ।
नुहाएर शुद्ध हुने र गाउँका महटावाँसँगै अग्रज बाजेबजै,आमाबुबा, दाजुदिदीलगायताई आदर र सम्मान गर्ने चलन छ । नयाँ वर्षसँगै वर्षभरिको योजना बनाउने पर्वका रूपमा रहेको माघी भित्रिएसँगै कृष्णपुर नगरपालिका–९ श्याम चौधरी चौधरी आवश्यक सामग्री जुटाउन व्यस्त छन् । आवश्यक दाउरा, दुना, टपरी जुटाउनेदेखि जाँड, ढिक्रीलगातका सामग्री बनाइसकेका उनी माघी संक्रान्तिमा विधिपूर्वक पर्व मनाउँदै आफन्तसँग बसेर रमाइलो गर्ने तयारीमा छन् । माघी मनाउनका लागि सम्पूर्ण तयारी भइरहेको छ, अब हाम्रो विधिअनुसार माघी मनाउने काम सुरु भएको छ।
कृष्णपुर नगरपालिका–९ का पुनाराम चौधरीले पनि माघीको आवश्यक तयारी गरिसकेका छन् । घरमा ढिक्री, रोटी बनाउनेदेखि बंगुर र माछाको समेत व्यवस्था गरिसकेकाले विधिपूर्वक पूजा गरेर रमाइलोसँगै वर्षभरिको योजना बनाउने तयारीमा रहेको बताए । ‘माघी थारू समुदायको प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको सुरुवातको दिन पनि हो’, उनले भने, ‘नयाँ वर्षमा रमाइलोसँगै वर्षभरि गर्ने कामको योजना समेत बनाउने गर्दछौँ ।’ यससँगै माघीमा खानपान गर्ने र आफन्तसँग भेटेर रमाइलो गर्दै मनाउने गरिन्छ । उनलेे भने माघी पर्वमा आफन्तहरू घरमा आउने भएकाले पाहुनाहरूको सत्कारका लागि विभिन्न तयारी गर्नुपर्ने उनले बताए । ‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्ने हाम्रो परम्परा रहेको छ’, उनले भने, ‘अहिले रोटी, मासु, माछाको तयारी गर्ने गरिए पनि अन्य तयारी अघिदेखि नै हुने गर्दछ ।’ माघीमा थारू संस्कृति झल्कने नाँचगान समेत नाच्ने गर्दछन् ।
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;
पछिल्लो समय हराउँदै गएको थारू समुदायका अगुवा पुनाराम चौधरीले बताए । ‘आजको दिन थारू समुदायको विशेष दिन र माघी विशेष पर्व हो, यो एकसाता अघिदेखि नै थारू बस्तीमा सुरु भइसकेको हुन्छ’, उनले भने, ‘माघी पर्वले थारू बस्तीमा रौनक ल्याउँछ, नयाँ जोश र उमंगका साथ मनाइन्छ । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने, नाँच्ने र भाले बासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफू भन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो कोसेलीका रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको छ ।
माघको अघिल्लो दिन बिहानै गाउँघरका बंगुर मारेर मासुको व्यवस्था गर्ने प्रचलन छ । माघीमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त गरिने विश्वास थारू समुदायमा रहेको छ । त्यस्तै ढिक्री, सुँगुरको मासु, माछा, तरुललगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको चौधरीले बताए ।
माघीका दिन तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता समेत रहेको छ । थारू समुदायमा माघी वर्षको एउटा छुट्टै विशेषता रहेको छ । माघीमा थारू समुदायमा टीका लगाएपछि आशीष माग्न आउने आफन्तीलाई मान्यजनले आशीषसँगै दक्षिणाका रूपमा पैसा अनिवार्य रूपमा दिने गरिन्छ । माघीमा पर्वमा आशीष लिन आउने छोरी, बहिनी, भाइ, भान्जाभान्जी लगायतलाई रुपैया नयाँ पैसा दिनुपर्ने प्रचलन रहेको छ । पछिल्लो समय आधुनिकतासँगै माघी फेरिँदै गएको समेत छ ।
पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ महटावाँ चुन्ने चलन समेत छ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;