सुदूरपश्चिम प्रदेशसभाको बैठक माघ ६ गते बस्दै

माघ ४ धनगढी
चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको यही माघ ६ गते बस्ने भएको छ ।

असोज ५ गते स्थागित भएको बैठक ४ महिना पछि बस्न लागेको हो । प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply