कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन आजबाट सुरु हुँदै

माघ ७ धनगढी
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ।

आज दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौं अधिवेशन आह्वान गरेका हुन्।

त्यसअघि मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो।

चौथो अधिवेशनमा ३३ वटा बैठक बसेको थियो भने ३३ घण्टा ४६ मिनेट प्रदेश सभाले संसद बैठकमा बिताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply