गणेश क्षेत्री
माघ ७ धनगढी – टीकापुर नगरपालिका वडान ८ मा स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हुनलागेको वडा स्तरिय फुटबल प्रतियोगिता को आज माननिय संबिधान सभा सदस्य हरि ज्ञवालिले उद्घाटन गरेका छन्
खेलकुद संयोजक खकेन्द्र प्रसाद उपाध्याय को सभापतित्वमा भएको कार्यक्रममा संभिधान सभा सदस्य माननिय हरि ज्ञवालि प्रमुख अतिथि रहनुभएको थियो। वडान ८का अध्यक्ष दिर्घ ठकुल्ला ,,वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , वडान ६ का अध्यक्ष बलिराम चौधरी र वडान ९ का का अध्यक्ष लौटन चौधरी विशिष्ट अतिथि रहेका थिए
प्रमुख अतिथि ज्ञवालिले खेलाडी रास्ट्रको गहना भएको बताउनुभयो । खेलाडी लाइ रास्ट्रले लगानि गर्ने बाताबरण अझैसम्म बन्न नसक्नु दु:खद भएको र अवसर पाएमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत देशलाई चिनाउन सक्ने प्रतिभावान खेलाडी ओझेलमा परेको बताउनुभयो
विशिष्ट अतिथि वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले खेलाडी अनुशासित हुने र कुलतमा पनि नफस्ने बताउदै खेलकुद प्रतियोगिता लाइ निरंतरता दिएमा प्रतिभावान खेलाडी को उदय हुनसक्ने बताउनुभयो
आज भएको कार्यक्रममा आयोजक वडान ८ र वडान ९ बिच भएको खेलमा आयोजक लाइ सुन्य का विरुद्ध ३ गोल गरेर ९ न वडा बिजयि भएको छ
भोलि हुने प्रतियोगिता १० बजे देखि शुरु हुने र पहिलो खेल वडान २ र १ को ए बिच रोमान्चक खेल हुनेछ भने दोस्रो खेल वडान ४ बि र वडान ३ बिच हुनेछ
त्यसैगरि तेस्रो खेल वडान ५ र वडा न ७ का बिच प्रतिस्पर्धात्मक खेल हुने खेलकुद संयोजक केपि उपाध्ययाय ढुङ्गाना ले बताउनुभयो
पहिलो पुरुस्कार ५१ हजार सिल्ड र दोस्रो पुरुस्कार ३१ हजार र सिल्ड रहेको आयोजक ले बताएका छन्
तेजबहादुर साउँद ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन गोबिन्द चौधरी ले गर्नुभएको थियो
