कञ्चनपुरको एक किराना पसलमा आगलागी

कञ्चनपुर – बेदकोट नगरपालिका वडा नम्बर –३ दैजी चोकमा बेदकोट नगरपालिका–१ बस्ने मदनराज भट्टले संचालन गरेको भट्ट किराना पसलमा बिद्युतको तार सर्ट भई गएराति १० बजे आगलागी भएको हो।
आगलागी हुँदा पसल भित्र रहेका किरानालगायतका सामान जलेर नष्ट भएको र मानबिय क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आगलागीबाट क्षतिको विवरण आउन भन बाँकी रहेका प्रहरीले जनाएको छ। प्रहरीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply