कञ्चनपुर : कृष्णपुर नगरपालिकाले सडक पानी पिच गर्ने अभियानलाई गत वर्ष झै यो वर्ष पनि नगरपालिकाले आन्तरिक आम्दानीबाट सडक पानी पिच सुरु गर्ने भएको हो। कृष्णपुर नगरपालिकाले गत आर्थिक वर्ष ४५ किलोमिटर सडक पानी पिच गरेकोमा यो वर्ष पनि त्यति नै पानी पिच गर्ने लक्ष्य लिएको छ। हरेक नागरिकलाई विकासको अनुभूति गराउन सडक पानी पिच अभियान चलाइएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराए ।
उनले भने, ‘कृष्णपुर नगरपालिकाका हरेक वडामा कम्तीमा ५ किलोमिटर पानी पिच गर्ने अभियान गत वर्षदेखि नै सुरुवात गरेको हो। नगरका सडक पानी पिच गर्ने कार्यक्रम हाम्रो सफल कार्यक्रम हो। त्यसैले हामीले यो वर्ष पनि पानी पिचलाई निरन्तरता दिएको नगर प्रमुखले जानकारी गराए । कृष्णपुर नगरपालिकाले सडक पानी पिच अभियानलाई निरन्तरता दिएको हो। गत वर्ष ४५ किलोमिटर पानी पिच गरेको नगरपालिकाले यो वर्ष पनि कम्तीमा ४५ किलोमिटर ग्रामीण सडक पानी पिच गर्ने भएको हो। बालुवा, गिट्टी बाहेक राजस्व उठाउने अन्य श्रोत नभएको कृष्णपुर नगरपालिकामा सङ्घीय र प्रदेश सरकारबाट आउने अनुदान पनि न्यून छ। न्यून बजेटका कारण जनअपेक्षा पूरा गर्न नसकिरहेका बेला नगरपालिकाले थोरै लगानीमा नागरिकसँग प्रत्यक्ष जोडिने विकास निर्माणका काम थालेको छ। कृष्णपुर नगरपालिकाले यस वर्ष पनि पानी पिच अभियान थालेको नगर प्रमुख हेमराज ओझाले बताए।बिगतमा कच्ची बाटोको यात्रा गर्दै बजार धाउनुपर्ने स्थानिय हरुलाई ग्राभेल घर आगनसम्म पानी पिच भएपनि बर्षातकाे समयमा जनतालाई किसानलाई र बिद्यार्थीहरुलाई बिद्यालय जान देखी सामान्य काममा समेत पानी पिच अभियान नागरिकका हरेक काममा सहज बनेको छ । पालिकाले पानी पिच गरेसगैं कालोपत्रेका लागी प्रदेश र सघिंय सरकारको स्थानियहरुले ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थोरै लगानीमा प्रतिफल देखिने योजना अगाडी सारेको छ । भुगोलमा ठुलो रहेको कृष्णपुर नगरपालिकाले प्रत्येक नागरिकसम्म बिकासको अनुभुती गराउन सडक पानी पिच अभियानलाई निरन्तरता दिएको छ । प्रत्येक बर्ष एक वडामा ५ किलोमिटर पानि पिच गर्ने अभियानलाई निरन्तरता दिएको छ।