अखिल क्रान्तिकारीको केन्दीय समितिमा सुदूरपश्चिमबाट १९ जना निर्विरोध निर्वाचित

माघ १० धनगढी
नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) को केन्दीय समितिका विभिन्न पदमा सुदूरपश्चिमबाट १९ जना निर्विरोध निर्वाचित भएका छन् ।

सचिवालय सदस्य (समावेशी)मा कैलालीबाट सौरभ थारु,सचिवालय सदस्य (छात्रा)मा अछामकी गोरीकला रोकामगर,केन्द्रीय सदस्यमा प्रेमबहादुर बोगटी (कैलाली)डम्बर कुँवर(कञ्चनपुर),योगेन्द्र भट्ट (डोटी),अनिल बोहरा (डडेल्धुरा),गणेश बम (बैतडी),रुमलाकुमारी जाग्री (बझाङ),नवीन बिष्ट (दार्चुला) र शंकरबहादुर सार्की (बाजुरा) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र)मा प्रशान्त कठायत, केन्द्रीय सदस्य (छात्रा)मा पूजा बिष्ट,यशोदा बोहरा,आसु मल्ल,केन्द्रीय सदस्य (थारु)मा रुमन चौधरी निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

त्यस्तै निर्वाचन आयोग सदस्यमा (खुला)मा पूर्णसिंह धामी,लेखा आयोग सदस्य (छात्रा)मा मनिषा साउद,अनुशासन आयोग सदस्य (खुला)मा उपेन्द्र शाह र अनुशासन आयोग सदस्य (समावेशी)मा अनिल लोहार निर्वाचित भएका छन् ।

अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको माघ १२ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply