माघ १० धनगढी
ब्राईट बिचफाँटा ईंग्लिश स्कुल को १३ औ बार्षिकउत्सव बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
बिहीबार बिद्यालय को आफ्नै प्राङ्गणमा १३ औ बार्षिकउत्सव सम्पन्न भएको हो ।
बिद्यालय का संस्थापक अध्यक्ष ईश्वर बुढाको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नरबहादुर बिक रशेका थिए । बिशिस्ट अतिथि मा समाजसेवी मानबहादुर धामि रहेका थिए ।
अतिथि हरूमा वडा सदस्य राजन सुनार , रामबहादुर खाति , समाजसेवी केशव प्रसाद तिमिल्सिना , मदन बिक लगायत रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नरबहादुर बिक ले बालबालिका हरूको शैक्षिक गुणस्तर का लागि बिद्यालय ले निजि स्तरबाट गरिएको प्रयासको प्रसंसा गर्दै बिद्यालय को चौतर्फी सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बिद्यालय को उत्तरोत्तर प्रगति को कामना गरेका थिए ।
सो अवसरमा बिध्यार्थिहरूले गित कविता वाचन संगै नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा बिद्यालय मा अतिरिक्त क्रियाकलाप मा भाग लिने प्रतियोगि बालबालिकालाई पुरस्कृत गरिएको थियो ।
बिद्यालय प्रिन्सिपल नवराज बुढाले अतिथि गणलाई स्वागत गरेका थिए भने कार्यक्रम को सञ्चालन सहायक प्रिन्सिपल बिष्ना जैशी ले गरेकि थीईन ।