सरस्वती माविका अपाङ्ग दलित विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना

गणेश क्षेत्री
माघ १० धनगढी
कृष्णपुर नगरपालिका वडान २ बाणि स्थित श्री सरस्वती मा बि मा अपांग बिध्यार्थि ले पाउनुपर्ने छात्रवृत्ति रकममा बिध्यालयका लेखापाल ले हिनामिना गरेको आरोप लागेको छ।

दलित विद्यार्थी रेनुका सुनार ले पाउनुपर्ने अपांग छात्रवृत्ति रकम ५ हजार बिध्यालयका लेखापाल ले बुझेको भर्पाइ मा देखाएपनि सुनारको अभिभावक ले आफुले छात्रवृत्ति को रकम नबुझेको भनेपछि लेखापाल ले छात्रवृत्ति रकममा र्‍याल चुहाएको प्रष्ट भएको देखिएको छ ।

भर्पाइमा किर्ते सहि गरेर रकम लिएको बुझिएपछि यो विषयमा अध्यक्ष र प्रधानध्यापक ले स्पस्टिकरण सोधेको र नगरप्रमुखलाइ समेत जानकारी गराइसकेको वडान २ का अध्यक्ष एबं बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउँद ले रैकवार खबरलाइ बताउनुभयो

कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा ले दलित अपांग बिध्यार्थिको छात्रवृत्ति रकममा समेत बिध्यालयका लेखापाल को संलग्नता देखिनु दु:खद भएको बताउनुभयो प्रारम्भिक चरणमा उनि दोषि देखिए प्रमाणित भएमा कानुनि कटघरामा उभ्याउने नगर प्रमुख ओझाले बताउनुभयो । यसरी बिध्यालयमा लेखापालले हिनामिना गरेको विषय बाहिर आएपछि नगरपालिकाले अनुसन्धानकाे विषय अगाडि बढाएको ओझाले रैकवार खबर लाई जानकारी गराए । भबिस्यका कर्णधार लाइ शिक्षा दिने पबित्र स्थानमा बिध्यालयका लेखापाल ले आर्थिक मोहमा भुलिएपछि अभिभावक हरु चिन्तित भएका छन् । अपाङ्ग दलित विद्यार्थीलाई छात्रवृत्तिबापत आएको पाँच हजार रुपैयाँ सोही विद्यालयका लेखापालले बुझि लिएको विद्यार्थी र अभिभावकको आरोप छ । विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम पछिल्लो समय हिनामिना गरेको उनीहरूले दाबी गरेका छन् ।
विद्यालयमा बर्सेनि छात्रा र दलित विद्यार्थीहरूको नाममा छात्रवृत्ति रकम आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply