खोप एचपिभि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

माघ १० धनगढी
कञ्चनपुरको लालझाडी गाउँपालिकामा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल राना ,उपाध्यक्ष सपना चौधरी राना , प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , १-६ नं का वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , UNICEF का प्रतिनिधि रेसु चौधरी , शिक्षक , र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एच.पि.भि. खोपको महत्त्व, यसको प्रभावकारिता, र बालिकाहरूलाई यो खोप किन आवश्यक छ भन्ने विषयमा विस्तृत जानकारी दिएका हुन । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि. खोप अत्यन्त प्रभावकारी मानिन्छ । यसले किशोरावस्थाका बालिकाहरूलाई भविष्यमा क्यान्सरको जोखिमबाट बचाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन ।

कार्यक्रम शिक्षकहरुलाई यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियानमा बिद्यालयमा विद्यार्थीहरुलाई खोप लगाउन प्रोत्साहित गर्न आग्रह पनि गरेका हुन । यस पालिकामा एच.पि.भि. को जाँच नि:शुल्क रुपमा स्क्रीनिङ्गको ब्यवस्था रहेका छ । सहभागीहरूले खोप अभियानलाई प्रभावकारी बनाउँदै बिद्यालयमा पढ्ने ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी तथा १० वर्षदेखि १४ वर्षसम्मका प्रत्येक लक्षित छात्रासम्म पुग्नका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने छ । एच.पि.भि. खोप १ पटक लगाइसकेपछी अर्को पटक लगाउन आवश्यक छैन । खोप अभियानमा ६ वटा वडामा २० वटा खोप केन्द्रहरुमा खोप संचालन हुने र ११२८ जना छात्राहरुलाई एच.पि.भि. खोप लगाउने तयारी गरेका छौ भनेर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले कार्यक्रममा जानकारी दिएका हुन ।

कार्यक्रममा सहभागीहरूबीच सकारात्मक छलफल र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा एच.पि.भि. खोप अभियानमा ए.इ.एफ.आई को व्यवस्थापन र उपचार बारे स्वास्थ्य शाखाका दशरथ रानाले प्रस्तुतिकरण प्रस्तुत गरेका हुन ।

बिगत वर्षहरुमा खोप नपाएर मृत्यु हुने दर अहिले घटेको छ ।एच.पि.भि. खोप हरेक बालबालिकालाई लगाउने यहि माघ २२ गतेदेखि तयारी गरिरहेका छौ । एच.पि.भि. खोप अभियानलाई समयमा सम्पन्न र सफल बनाउनको लागि सबैले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न अनुरोध गर्दछु भनेर गाउँपालिका अध्यक्ष निर्मल रानाले मन्तव्य व्यक्त गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply