धनबहादुर बिक –
माघ १३ धनगढी
मित्र राष्ट्र भारतको ७६ औं गणतन्त्र दिवश को अवसरमा कञ्चनपुर को पुनर्वास मा रहेको नेपाल भारत मैत्री संघ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौ उपशाखा कार्यालय पुनर्वास त्रिभुवनबस्ती कञ्चनपुर ले आयोजना गरेको ७६ औं गणतन्त्र दिवश को अवसरमा शुभकामना कार्यक्रम को आयोजना गरेको हो ।
संघका सभापति बिस्वनाथ बिष्ट को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै अतिथि तथा ज्योति सामुदायिक पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपाल ले भारत स्वतन्त्र हुनुअघि र स्वतन्त्र पश्च्यात भारतको ऐतिहासिक बिषय मा चर्चा गरेका थिए ।
नेपाल भारत मैत्री संघ पुनर्वास मा क्रियाशील रहँदैगर्दा नेपाल भारत को मित्रतालाई कायम राख्दै सुमधुर सम्बन्ध बनाउनमा संघले भुमिका निर्वाह गरोस , यद्यपि यसका सकारात्मक वा नकारात्मक पक्ष पनि रहेका छन । खुला सिमानाका का कारण केही विकृति हरू पनि मौलायको अवस्था छ जसले गर्दा सोझासाझा नेपाली हरू ले समस्या खेप्नुपरेको छ समाजसेवी नेपाल ले आफ्नो भनाइमा जोड दिए ।
सिमावर्ति बजार फस्टाउदै गएको र नेपाली बजार मा कारोबार नहुदा स्थानीय व्यापारी हरू आर्थिक मारमा परेका छन यसलाई सहजिकरण गर्न नेपाल भारत मैत्री संघ र स्थानीय सरकारले पहल गर्नुपर्ने उनले सुझाव दिए ।
खुला नाका ले गर्दा बेलाबेलामा नेपाली हरूले विभिन्न प्रकारका समस्या झेल्नुपरेको समस्या लाई उठान गर्दै यो संघले कुटनैतिक पहल गर्नुपर्ने नेपाली काङ्ग्रेस प्रतिनिधि हरि प्रसाद अधिकारी ले शुभकामना मन्तव्य का क्रममा भने ।
सिमा क्षेत्रमा हुने नकारात्मक गतिविधि का बिषयमा दुबै देशका सिमा क्षेत्रमा बसोबास गर्ने बुद्धिजीवी , सरकारी अधिकारी लाई जमघट गराई त्यसता गतिविधि लाई न्युनिकरण गर्न नेपाल भारत मैत्री संघले पहल गरोस वडा अध्यक्ष मित्र सिंह लामा शुभकामना मन्तव्यमा भनाई राखे ।
सो अवसरमा पुनर्वास नगरपालिका निवर्तमान नगर उप प्रमुख शारदा बिष्ट धामीले नेपाल भारत दुबै देश मित्र राष्ट्र रहेता पनि भारतको विस्तारवादी नितिले नेपाल र नेपाली हरू धेरै मारका परेको बिषय उल्लेख गरिन ।
बेलाबेलामा सिमा मिचिएको छ , सिमानामा आपराधिक क्रियाकलाप हरू बृद्धी हुनेक्रम छ । मानव बेचबिखन तथा चेलिबेटी ओसारपसार जस्ता विकृति लाई न्युनिकरण गर्न नगरपालिकाले पनि जनचेतनामूलक कार्यक्रम हरू सञ्चालन गर्दै जानुपर्ने धामीले जोड दिईन ।
पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले भारतको स्वतन्त्र दिवश को अवसर पारेर नेपाल भारत मैत्री संघ ले आयोजना गरेको कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भारत र नेपाल निकै लामो समयदेखि मित्रता रहेको ईतिहास छ यद्यपि मित्र राष्ट्र बाटै हेपाहा प्रवृत्ति हुन्छ भने हामी भारतको दास हुनुहुदैन नगर प्रमुख शर्माले जोड दिए ।
सो अवसरमा संघले सिमा क्षेत्र का आधारभुत तहमा अध्ययन गर्ने दस जना विपन्न बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी वितरण गरिएको थियो ।
कार्यक्रम लाई समापन गर्दै संघ का सभापति बिश्वनाथ बिष्टले मित्रराष्ट भारत संग कायम रहँदै आएको सम्बन्ध लाई अझ सुमधुर बनाउन साथै सिमावर्ति भारत मा हुने विकृति विसंगति लाई न्युनिरण गर्ने उदेश्य ले आगामी माघ ३० गते दुबै तर्फका जिम्मेवार नागरिक , अधिकारीहरू तथा समाजसेवी लाई एकै ठाउँमा भेला गराउने कार्यक्रम रहेको सभापति बिष्टले जानकारी दिनुभयो ।
संघ का उपाध्यक्ष मेनका उप्रेतीले स्वागत गरेको कार्यक्रम को सञ्चालन कोषाध्यक्ष नवीन कुमार तिमिल्सिनाले गरेका थिए।