बैतडी : टमाटरले बजार पाएन खेतमै कुहिने चिन्ता

माघ १३ धनगढी
बैतडीको शिवनाथ गाउँपालिकामा उत्पादन भएको टमाटरले बजार पाएको छैन् ।

गाउँपालिका वडा नम्बर ३ मा उत्पादीत ३० क्वीन्टल टमाटर बजारको अभावमा बारीमै कुहिने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्राविधिक महेश दत्त पाण्डेयले बताए।

रबिन्द्र बहुउद्देश्यीय फर्म शिवनाथ ३ ले उत्पादन गरेको मनिषा जातको अर्गानिक टमाटर बिक्रि नहुँदा समस्या भएको संचालक धनबिर सिह साउँदले बताए ।

शिक्षक समेत रहेका साउँदले भने, प्लाटीक टरनेल भित्र उत्पादन टमाटर बिक्री नभएर बारीमै कुहिने अवस्थामा छ, १० पोलिहाउसमा करिब ३० क्वीन्टल टमाटर बजारको अभावमा बारीमै छ, बिक्रि गर्ने समय सकिदैछ।

उत्पादन गरेर बजार नपाउनु पहाडका व्यावसायिक किसानको ठूलो समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीले बताएको छ । यो टमाटर बिक्री गर्न सबैले आवश्यक सहयोग गरिदिनुहुन ज्ञान केन्द्रले अनुरोध समेत गरेको छ ।

शिवनाथ गाउँपालिकाको कार्यालयले ८० अनुदान मनिषा जातको टमाटरको बिउ उपलब्ध गराएको कृषि अधिकृत ज्योति नायकले बताइन् ।

गाउँपालिकाले तरकारी उत्पादन हुन सक्ने सम्भावीत क्षेत्रमा बिउ र पोलिसहाउसहरुमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष कर्ण सिह साउँदले बताए । बजारका लागि धनगढी कैलाली र डडेल्धुरासम्म कुरा भएको छ ।

गाउँपालिकाले पनि बजार खोजी गरेको रहेको उनले बताए उनले भने, ‘उत्पादन राम्रो भएको छ बजारका लागि धनगढीसम्म खोजी गरिका छौ पालिकाले सक्ने जती गरिरहेको छ, भारतको टमाटरले हाम्रो उत्पादनलाइ असर गरेको छ ।’ पाटन र मैलौली बजारमा टमाटरको बजार बिक्री दर एक किलोको ५० देखी ८० सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply