गणेश क्षेत्री १५ माघ २०८१
धनगढी -कैलाली टीकापुर नगरपालिका वडान ७ को अस्थायी ट्राफिक प्रहरी पोस्ट का इन्चार्ज जयहरि चन्दलाई भव्य विदाई गरिएको छ।
टीकापुर नगरपालिका वडान ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडान ७ का सदस्य राजकुमार चौधरी , पदम प्रकाशेस्वर मन्दिरका अध्यक्ष , ब्यापारी तथा समाजसेबि कृत ठकुल्ला , सर्पराज साउँद, स्थानीय हरु ,स्वास्थ्य कर्मि , पत्रकार हरु ,र प्रहरी चौकि सत्तिले चन्द को कार्यकालका क्रममा ट्राफिक सचेतनामा पुर्याएको योगदानको सम्मानस्वरूप विदाई कार्यक्रमको आयोजना गरेको हो
चन्द अछाम सरुवा भएका छन्
वडा अध्यक्ष न्यौपाने ले यसरि सम्मानजनक बिदाइ पाउने पहिलो ट्राफिक भएको बताउँदै उहाँले गरेका दुर्घटना न्यूनीकरण का कार्य , जनचेतनामूलक कार्यको प्रसंसा गर्नुभयो
सत्ति प्रहरी चौकिका इन्चार्ज टेक बहादुर चन्दले अनुशासित र अहोरात्र खटिने ट्राफिक प्रहरि जयहरि चन्द भएको बताउनुभयो
ट्राफिक इन्चार्ज जयहरि चन्द ले हुलाकि राजमार्ग ,टीकापुर खक्रौला सडकमा ट्राफीक व्यवस्थापन, ट्राफिक सचेतना, विद्यालयमा अभिमुखीकरण कक्षा, जेब्रा क्रसिंग निर्माण, साइकल यात्री तथा मोटरसाइकल चालकलाई नियमको जानकारी दिने र, होर्डिङ बोर्ड राख्ने लगायतका उल्लेखनीय कार्य गरेका थिए
स्थानिय ले चन्दले दुर्घटना न्यूनीकरण गर्न खेलेको भुमिका ले गर्दा आफुहरु प्रभावित भएकोले बिदाइ कार्यक्रम मा उपस्थित भएको बताएका थिए
साथै कार्यक्रममा चन्दको स्थानमा आउनुभएका मोहनराज भट्टलाइ स्वागत गरिएको छ