गणेश क्षेत्री /
माघ १६ धनगढी
भजनि नगरपालिका वडान ८ कृष्ण ध्वज चन्द माबिमा मिलेमतोमा भ्रष्टाचार भएको छ
भजनि नगरपालिका वडान ८ का वडा अध्यक्ष पंकज चौधरी ले १ लाख ३० हजार ९ सय ५० रुपैयाँ वडाले बालबिकाश को कक्षा को रंगरोगन , भित्तेलेखन बापत दिएको बताउनुभयो । तर बिध्यालय को आम्दानी को रकम बाट ३ लाख ५२ हजार को रकम फेरि रंगरोगन र मर्मत निर्माण बापत भनेर निकासा गर्नु भ्रष्टाचार भएको बताउनुभयो !
वडा अध्यक्ष चौधरी ले एकातिर वडाको पैसा खर्च गर्ने फेरि अर्कोतिर बिध्यालयको ठेक्का बाट उठेको रकम पुन त्यहि शिर्शक मा निकासा गर्नाले शिक्षा जस्तो पबित्र ठाउँमा नियत खराब भएका ब्यक्ति बस्नु नैतिकताले नदिने बताउनुभयो
बिध्यालय का शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण चौधरी ले बन्दै नबनेको डेस्क बेन्च र रंग रोगनको पैसा निकासा गरेर प्रधानाध्यापक शंकर चौधरी ले ३ लाख ५२ हजार रकम निकासा गर्नुभनेको भ्रष्टाचार भएको बताउनुभयो
गत बर्ष पनि बन्दै नबनेको बेन्च डेस्क को पैसा निकासा गरेर बिध्यालयका प्रधानाध्यापक शंकर चौधरी बिवादित भएका थिए
यो बर्षपनि उहि प्रक्रिति दोहोरिएको छ बन्दै नबनेको पुरानो डेस्क बेन्चको खरिद गरेको भनेर पैसा निकासा गरेका छन्
सार्बजनिक सुनुवाइ कार्यक्रम मा भजनि नगरपालिका शिक्षा साखा का प्रतिनिधि उपस्थित भएपनि केहि प्रतिक्रिया नजनाएको अभिभावकहरुको गुनासो छ ! भजनि शिक्षा शाखाका कर्मचारी हरु दरबन्दी मिलान गर्ने नाउँमा शिक्षकहरुमा आतंक मात्रै मच्चाइ रहेको पाइएको छ ! शैक्षिक गुणस्तर कसरि वृद्धि गर्नेमा ध्यान नदिने अनि कार्यक्रम मा गएर फुलमाला लगाउने भासण ठाेक्ने मात्रै गर्ने गरेको स्थानीय समाजसेबि धर्मराज तिमिल्सिना ले बताउनुभयो
भजनि नगरपालिकाका बिनि पंख शाह पुरानो डेस्क बेन्च त प्रदेश को बजेट ले निर्माण भएको हो अहिले आएर बिल पेश गरेर रकम निकाशा भएको रैछ भने कार्बाहि गर्ने बताउनुभयो
भजनि नगरपालिका शिक्षा साखा प्रमुख सुर्यबहादुर सिह को सम्बन्ध प्रअ संग राम्रो भएकोले पोहोर बन्दै नबनेको डेस्क बेन्च को बिल पेश भएको सन्चार माधयम मा समेत आउँदा अभिभावक ले छानबिन समिति बनाएर छलफल गर्दा पनि सामान्य सोधपुछ मात्रै गरेको पाइएको छ
सार्बजनिक लेखापरिक्षण मा प्रधानाध्यापक ले वडाले कुनैपनि बजेट नै नदिएको भनेपछि भजनि वडान ८ का सदस्य ललतु डगौरा आस्चर्य चकित भएको बताउनुहुन्छ !
प्रअ र बिध्यालय ब्यवस्थापन समितिको मिलेमतो भएको प्रष्ट देखिएको वडा सदस्य ललतु डगौरा ले बताउनुभयो
वडाबाट बजेट निकासा भएको र अनुगमन समितिको अध्यक्ष मा बिरबहादुर चौधरी र प्रअ शंकर प्रसाद चौधरी सदस्य रहेका छन् !तर रैकवार खबर संग कुराकानी को क्रममा आफुलाइ के कसरि निर्माण भयो र बजेट कति आयो भनेर थाहै नहुने सबै कुरा उपभोक्ता समितिलाइ जानकारी हुने भनेर प्रअ ले गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए
स्थलगत रिपोर्टिङ को क्रममा नयाँ बेन्चडेस्क निर्माण नभएको र बालबिकाश को कक्षा काेठा बाहेक कुनैपनि निर्माण को कार्य नभएको पाइएको थियो
पुरानो डेस्क बेन्चलाइ नयाँ निर्माण गरेको र वडाको बजेट ले बालबिकाश को भित्तेलेखन र रंगरोगन लाइ पुनः बिध्यालयको ठेक्का बाट आएको रकम लाइ निकाशा गरेर रकम कुम्ल्याएकोले भ्रष्टाचारिहरुलाइ कार्बाहि गर्नुपर्ने शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण चौधरी ले बताउनुभयो
