माघ १७ धनगढी
नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माविमा छात्रबृतिदेखि औषधी खरिद प्रंकरण छानबिन गर्न माग अघि सारेको छ । माओवादी केन्द्र कृष्णपुर २ नम्बर वडा कमिटीले सरस्वती माविमा छात्रबृतिदेखि औषधी खरिद प्रंकरण छानबिन गर्न माग अघि सारेको हो ।
विद्यालयमा दलित छात्रबृतिदेखि सिटिईभिटीको औषधी खरिदमा भएको अनियमितताको विषयमा समाजिक सञ्जालमा आएका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै छात्रबृति वितरण र औषधी खरिद प्रकरणमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
दलित छात्रा रेनुका सुनारले पाउनुपर्ने अपाङ्गता छात्रबृृति दुरुपयोग, सिटिभिटीका शिक्षक शिक्षिकाको योग्यता नियुक्त, औषधी खरिदमा बाहिर आएका विषयमा सरोकारवाला निकायले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । छात्रवृती दुरुपयोगका बिषयमा सामाजिक सञ्जाल मा आएका बिषयहरुमा माओवादी केन्द्र वडा नम्बर २ ले गम्भिर ध्यानाकर्षण भएको जानकारी गराए ।
सिटिभिटीकी शिक्षिका आस्था जैसीले केही मिडियामा दिएको अन्तरवार्तामा विद्यालयको विषयमा पाटीको नाम जोडेर दिएको अन्तरवार्ता तथ्यहिन आरोपको निन्दा गरिएको छ । माओवादी केन्द्र कृष्णपुर २का वडाध्यक्ष छङ्गा राना र सचिव लिलादेवी पन्तले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालयमा भएको छात्रबृति वितरणदेखि औषधी खरिद प्रकरणमा माओवादी पाटी जोडेर आफ्ना भ्रष्टाचार लुकाउने कार्य बन्द गर्न समेत आग्रह गर्दै पाटी बिरुद्धका गतिबिधी रोक्न चेतावनी दिएकोछ । सत्य तथ्य छानविन गरि सम्बन्धित निकायले यथासिघ्र कानूनी कार्वाहीका लागि जोडदार मागका साथ साथै पुर्वाग्रही भावना राखी सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने/गराउने का विरुद्धमा पार्टीले संघर्षका कार्यक्रमहरु अगाडी बढाउने र सो बाट पर्न जाने असरको जिम्मेवारी सम्बन्धित निकायको रहने नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष छङ्गा रानाले जानकारी गराए ।