गणेश क्षेत्री /
माघ १९ धनगढी
कैलालीको टीकापुर नगरपालिका वडा न ७ दिव्यपुरमा माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रम सम्पन्न भएको छ
टीकापुर नगरपालिका वडा न ७ काे आयाेजना र दिव्यज्याेति टाेल बिकास संस्थाकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे छ । टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षता भएकाे माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगाैरा थारु रहनु भएकाे थियाे भने बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए
प्रमुख रामलाल डगौरा ले टीकापुर नगरपालिका ले हिउँदे अधिबेशन मार्फत बडघर तथा चिराकि ऐन पारित गरिसकेको बताउनुभयो
मेयर डगौरा ले आगामि दिनमा बडघरका हकहितका लागि बडघर संजाल बनाइने र प्रत्येक वडामा बडघर घर निर्माण गरिने बताउनुभयो
टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशिष्ठ अतिथी दिर्घ बहादुर ठकुल्लाले चिराकीहरुलाई साईकल बितरण गर्नु सर्हानिय भएको बताउनुभयो
ठकुल्लाले स्थानिय स्तरमा साइकल मार्फत सुचना प्रवाह गर्दा छिटाेछरिताे हुने बताएका छन ।जसले गर्दा स्थानिय निकायलाई गाउँ गाउमा सुचना प्रवाह गर्न सहजता हुने र शुसासन कायम हुन सहज हुने बताउनुभयो
टीकापुर नगरपालिका वडान ७ को आयोजना र दिब्य ज्योति टाेल बिकाश संस्थाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो
सभापति को आसन बाट बोल्दै यज्ञप्रसाद न्यौपानेले चिराकिहरुलाइ साइकल को निकै आवश्यकता महसुस गरेकोले वडाले साइकल बितरण गरेको बताउनुभयो
अध्यक्ष न्यौपानेले चिराकिहरुको आवश्यकता हिजो आज र भोलि पनि उत्तिकै जरुरि हुने देखिएकोले आधिकारिक रुपमा नै ऐन बनिसकेको ले ढुक्कसँग काम गर्न आग्रह गर्नुभयो
टीकापुर नगरपालिका वडान ७ का १२ जना चिराकिहरुलाइ साइकल बितरण गरिएको कार्यक्रम को सन्चालन वडा सदस्य राजकुमार चौधरी ले गर्नुभएको थियो