पंञ्चाधिन माविमा सरस्वती पूजा

मनिसा सुनार
२१ माघ २०८१
कञ्चनपुर – प्रत्येक वर्ष माघ शुक्ल पंञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व साेमबा, देशभर मनाइएको छ । यहाँको कञ्चनपुर कृष्णपुर नगरपालिका ९ स्थित पंञ्चाधिन माविमा पनि साेमबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी पर्व मनाइएको छ ।

पंञ्चाधिनका प्राचार्य गणेश दत्त भट्टका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ । सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए । विद्यार्थी्सहित विद्यालयका शिक्षक अभिभावक पनि पूजामा सहभागी बने । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी विद्यार्थीले आआफ्ना कला साधनाका वस्तु कपीकलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजा गर्ने चलन छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउँछन् ।

विद्यार्थीलाई विद्यारम्भ गराउनेबाहेक यस दिन बालबालिकाको नाक, कान छेड्न पनि शुभ मानिन्छ । आजकै दिनदेखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । पुजामा विद्यालय ब्यबस्थापन अध्यक्ष भाेज विक लगायत समाजसेवी बुद्धिजीवी उपस्थिति रहेकोे कार्यक्रममा समाजसेवी लालबहादुर चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

बाल विवाह एक सामाजिक समस्या र कानूनी अपराध हो, जसले बाल बालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा मानसिक, शारीरिक, सामाजिक, आर्थिक विकासमा बाधा पुआँउदछ भने बाल अधिकारको उल्लङ्घन गर्दछ र बाल विवाहका कारण बालबालिकाको सर्वाङ्गीण विकासमा अवरोध हुन्छ । त्यसैले म/हामी बाल विवाह अन्त्यका लागि सबै किसिमले प्रतिवद्ध छु/छौं । बाल विवाह मुक्त नेपाल बालविवाह मुक्त नेपाल बाल विवाह विरुद्धको हाम्रो प्रतिबद्धता अभियानमा सबैको साथ सहयोग हुन अहिलेको आवश्यकता कृष्णपुर नगरपालिका व्याकवार्ड साेसाइटी एजुकेसनका नगर अध्यक्ष लालबहादुर चौधरीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply