गोदावरी श्री नवकुञ्ज शिव मन्दिरमा धार्मिक महामहोत्सव सुरु

धनगढी, २१ माघ
कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको ‘गोदावरी श्री नवकुञ्ज शिव मन्दिर धार्मिक महामहोत्सव’ सुरु भएको छ । सोमवार नगरप्रमुख वीरेन्द्र भट्ट ले दीप प्रज्वलन गरेर महामहोत्सवको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले धार्मिक महामहोत्सवले गोदावरीको खैराना बास्कोटाको भूमिलाई नै पवित्र बनाउने काम गरेको बताए । उनले धार्मिक महामहोत्सवले कुलतमा लागेको पीढीलाई कुनै न कुनै किसिमको सन्देश दिने बताए ।

उनले यस्ता धार्मिक कामबाट विकास निर्माणका काममा पनि सहयोग पुग्ने बताए । ‘जन निर्वाचित मान्छेहरूबाट मात्रै सबै चाहना राख्नुभयो भने पुरा हुन सक्दैन’ उनले भने ‘आज हामीले यो ठाउँमा जुन धार्मिक कार्यक्रम आयोजना गरेका छौ । यसमा सबैको सहयोग हुन आवश्यक छ ।’ उनले आफ्नो ठाउँ आफै बनाउनु पर्ने भएकाले सबैले लाग्न आवश्यक रहेको बताए । मन्दिरको लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पालिकाबाट उनले आगामी आर्थिक वर्षमा १० लाख सहयोग गर्ने जनाए ।

नगर उपप्रमुख शारदा देवी रोकायाले नयाँ पुस्तालाई धार्मिक कुरा सिकाउनको लागि पनि धार्मिक महामहोत्सवले सहयोग पुग्ने विश्वास गरिन । उनले अन्य विकास सँगै गोदावरी नगरपालिका तपो भूमि भएकाले यहाँका मन्दिरहरूको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले धार्मिक महामहोत्सवमा सबैलाई सहभागी भइदिन आग्रह गरे । उनले भने ‘प्रत्येक घरबाट सहयोग गरिदिनुहुनेछ । धार्मिक कुरा सुनिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौ ।’

उद्घाटन कार्यक्रममा सङ्कल्पकर्ता ईश्वर शरण महाराज जीले धार्मिक महामहोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए । धार्मिक महामहोत्सवमा प्रखर वक्ताका रूपमा गुरु ऋषि केश उपाध्याय रहेका छन् ।

धार्मिक महामहोत्सव २८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ बाट उठेको रकमले मन्दिरका संरचना सँगै सत्सगहल निर्माण गर्ने योजना रहेको आयोजकले जनाएको छ । औपचारिक उद्घाटन अघि आयोजकले कलश यात्रा समेत गरेको थियो । अत्तरिया अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply