बिणा विद्या मन्दिरको २० औँ वार्षिकोत्सव सम्पन्न

धनगढी,२२ माघ
कैलालीको गौरीगंगा नगरपालिका – ६ मा रहेको बिणा विद्या मन्दिर माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।


विद्यालयले साताव्यापी कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो । जसअन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, फुड फेस्टिभल, खेलकुद, गायन , नाटक, नृत्य लगायत कार्यक्रमको आयोजना आयोजना गरिएका थिए । व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा सोमबार सम्पन्न समापन कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेल रहेका थिए ।

बार्षिकोत्सव समापन समारोहमा २०८० सालको नगर स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई नगद सहित सम्मानित गरिएको थियो । बार्षिकोत्सव समापन समारोहमा उत्कृष्ट शिक्षक लालबहादुर खड्का र उत्कृष्ट विद्यार्थी कक्षा ९ मा अध्ययनरत छात्रा निशा ओझालाई सम्मानित गरिएको थियो ।

विद्यालयका संस्थापक प्रधानाध्यापक लक्ष्मण विक्रम शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए ।

काय क्रममा गौरीगंगा नगरपालिका – ६ का अध्यक्ष टेकबहादुर कुँवर, देउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छा, विद्यालयका पूर्व अध्यक्ष एकम छेडाल, अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवर, जुपिटर एकेडेमीका प्रधानाध्यापक मनिराम धामी, कैलाली भिजन इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ध्वज बहादुर बोगटी, बिणा ग्रामीण बिद्युत् सहकारी संस्थाका अध्यक्ष पुरन सिंह कडायत, सान्नीकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शेरबहादुर बडैलाले गरेका थिए । २०६२ सालमा ५ जना विद्यार्थीबाट सुरुवात गरिएको सार्वजनिक गुठी विद्यालयमा हाल झन्डै ६ सयको हाराहारीमा विद्यार्थी रहेका छन् । अत्तरिया अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply