टीकापुर ६ मा मेला तथा साँस्कृतिक कार्यक्रम शुरु हुने

गणेश क्षेत्री
धनगढी,२२ माघ
कला ,संस्कृति जगेर्ना गर्ने सद्भाव कायम गर्ने मनोरंजन प्रदान गर्ने उदेश्य का साथ टीकापुर नगरपालिका वडान ६ बेलुवामा फाल्गुन १ गतेदेखि ३ गतेसम्म बृहत साँस्कृतिक मेला हुनेभएको छ

स्टार युवा क्लब टीकापुर ५ बसन्ताको आयोजनामा हुनलागेको मेलामा स्थानिय तथा रास्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हुने बताइएको छ
चर्चित मोडेल कृतिका थारु , मोडेल पुनम थारु , प्रीतु चौधरी , अमिशा लामा , अनुराधा थारु , लक्ष्मी थारु रहेका छन्

त्यसैगरि महानायक प्रेम चौधरी , नायक जित गोइजिहार , गायक मनिराम करिया मघरिया , दर्पण कुसुम्य , बिजय सत्गौवा , बिवस जि एच , संगत थारु रहेका छन्

उद्घोषकमा रमेस मिसन , सेवक महतो र मन्जु चौधरी रहेको कलाकार ब्यवस्थापन का संयोजक अजय चौधरी ले बताएका छन्

स्टार युवा क्लब मा थारु समुदाय को बाहुल्यता भएपनि पहाडी समुदाय को देउडा र नेपाली गित र नृत्य पनि प्रस्तुत गरिने स्टार युवा क्लब का अध्यक्ष राकेश चौधरी ले बताउनुभयो

अध्यक्ष राकेश चौधरी ले सबै समुदाय लाइ समेटेर लग्ने फराकिलो सोचाइ का साथ कार्यक्रम गर्न लागेको बराउनुभयो

कार्यक्रम लाइ सफल पार्नको लागि बिभिन्न संघ संस्था र स्वदेश तथा बिदेश मा रहने युवाहरू लाइ अनुरोध गरिएको छ भने चिट्ठा कार्यक्रम समेत राखिएको छ

चिट्ठा कार्यक्रम मा प्रथम हुनेलाइ नगद ७००० , दोस्रो हुनेलाइ ३ हजार , तेस्रो हुनेलाइ २००० हजार राखिएको छ भने सान्त्वना पुरुस्कार ३ जनालाइ १००० को दरले प्रदान गरिने आयोजक ले बताएका छन्

मेला तथा साँस्कृतिक कार्यक्रम लाइ सफल पार्न समिति , उपसमिति र स्वयंसेवक को २ सय ५० जनालाइ परिचालन गरिने छ साथै आम जनसमुदाय लाइ उपस्थित भएर कार्यक्रम सफल पार्न र ब्यापारीक प्रयोजन को लागि स्टल बुकिङ गर्न समेत अनुरोध गरिएको छ स्टल बुकिङ र अन्य जानकारी को लागि स्टार युवा क्लब बसन्तामा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply