धनगढीबाट बन्दुक सहित तीन जना पक्राउ

धनगढी,२२ माघ
कैलालीको धनगढीबाट भरुवा बन्दुक सहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१९ बाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका– १९ का ३९ वर्षीय गुरुप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply