आजदेखि कञ्चनपुरमा एचपिभी खोप अभियान शुरु

धनगढी,२२ माघ
आजदेखि एचपिभी खोप अभियान शुरु हुन लागेको छ । कञ्चनपुर सहित सुदूरपश्चिम देशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु हुन लागेको हो । कञ्चनपुरमा खोप अभियानको सम्पूर्ण तयारी पुरा भईसकेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले जिल्लाले खोपको तयारी पुरा भएको बताए । उनका अनुसार खोप केन्द्रमा जनशक्तिदेखि खोप ओसार्ने काम सहितका सबै तयारी पुरा भएको छ । जिल्लाले भीमदत्त नगरपालिकासंग समन्वय गरेर सदरमुकाम महेन्द्रनगर स्थित जानकी कन्या मावि र अन्य पालिकाले आ–आफ्नो निश्चित एक स्थान छनौट गरेर खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

‘हामीले आज बिहान १०बजेदेखि जिल्लाभरी एकसाथ खोप अभियान शुरुवात गरिरहेका छौँ, ‘उनले भने, ‘यो राष्ट्रिय अभियान पनि भएकाले सबै पक्षको उत्तिकै भूमिका रहन्छ ।’ मंगलबारदेखि शुरु हुने खोप अभियान कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ । जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने बताए । उनका अनुसार ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक रहनेछन । १० बर्षदेखि १४ उमेशर समुहका किशोर र कक्षा ६देखि १०सम्म अध्ययनरत विद्यार्थी सहभागि हुनेछन ।स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए । सुदूरपश्चिममा २लाख, १हजार ९३४ किशोरीलाई खोप दिईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply