धनगढी,२२ माघ
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटबलको विजयी सुरुवात भएको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा जित हात पार्दै न्यु होराईजन बुटबलको विजयी सुरुवात भएको हो ।
मंगलबार भएको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराईजन वुटबलले विजयी सुरुवात गरेको जनाएको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ५७ रनको योगफल बनायो ।
बुटबललाई सम्मानजनक योगफलमा पुराउनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन बनाए । आरिफ खानले ४१ रन बनाए भने कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले २०÷२० रन बनाए । बैतडीका लागि भुवन कार्कीले दुई विकेट लिए । खडक बोहोरा, रुपेश सिंह र सल्लाहुदीन खानले समान एक एक विकेट लिए ।
एक सय ५८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको दशरथ चन्द एकेडेमी बैतडीले १४।५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।