जब मनिषाले हेर्न पाइनन् पुर्णबहादुरकाे सारङ्गी

धनगढी २४ माघ
पूर्णबहादुरकाे सारङ्गी हेर्न चाहेर पनि नपाएकाे बताइन् अभिनेत्री मनिषा काेईरालाले ।
“दुइपटक पूर्णबहादुरकाे सारङ्गी हेर्ने समय मिलाएँ तर हाउसफूलकाे करण टिकट पाइनँ” उनले भनिन् ।

नेपाली चलचित्र यसरी चलेकाे प्रति आश्चर्य मान्दै ह्वाइट हाउस लिट्रेचर फेस्टिबलकाे “आर्ट बिवाेन्ड बाैडरिज” मा उनले नेपाली चलचित्रकाे बजार ठूलाे हुँदै गरेकाे सन्दर्भ जाेडिन्, ” नेपाली फिल्म अन्तराष्ट्रिय बजारमा पुगि सक्याे । र नेपालमा फिल्मकाे बजार ठूलाे बनेकाे एउटा उदाहारण पूर्णबहादुरकाे सारङ्गी हाे ।”

अभिनेत्री मनिषाले बलिउड कलाकारले कडा मेहनत गरेकाे कारण स्थापित हुन पुगेकाे बताइन् । उनले भनिन्, ” बलिउड कलाकारले जस्तै मेहनत यहाँ भएकाे छ । यही मेहनतले निरन्तरा पायाे भने नेपाली फिल्मकाे बजार फराकिलाे हुनेछ ।”

कुनै पनि सफलता पाउन निरन्तरता र कडा मेहनत गर्नु पर्ने बताईन्, ” मेराे सिकाई कस्ताे छ भने, कि गर्ने हाे कि मर्ने हाे भन्ने हुन्थ्याे ।”

कला यात्रामा लाग्नुकाे कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर परिवार कला प्रति झुकाव पनि रहेकाे बताइन् ।उनका अनुसार बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि म सामान्य हुर्किन् र उनले साहित्यिक कार्यक्रममा बाेल्न मन लाग्नुकाे कारण पनि खुलाईन्, “नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा म आफूलाई अझै धेरै काम गर्ने उर्जा आउँछ, उनले भनिन्, “र कथाहरु सुन्ने र सुनाउने थलाे भएकाले म यस्ता कार्यक्रममा पुग्छु।”

कुराकानीकाे क्रममा उनले क्यान्सरलाई जित्न मनाेबल बलियाे हुनु पर्ने बताइन् । “क्यान्सरलाई जित्नका लागि मनाेबल बलियाे हुनु पर्छ,” उनले भनिन्, “आफैबाट बाँच्ने प्रयास गर्नु पर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply