परशुराम नगरपालिकामा भलिबल र क्रिकेट प्रतियोगिता सम्पन्न

माघ २५ धनगढी
डडेल्धुराकाे परशुराम नगरपालिकाद्वारा आयोजित पाँचौ मेयर,उप-मेयरकप महिला, पुरुष भलिबल र क्रीकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ १८ गते परशुराम नगरपालिका वडा.न . १२ स्थित परशुराम रङ्गमैदानमा सुरु भएको मेयर,उपमेयरकप खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएकोछ।

खेलाडी र खेलकुदकाे बिकासका लागि नगरपालिकाले हरेक आर्थिक बर्षमा मेयर,उप-मेयरकप नगरस्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

परशुराम नगरपालिका स्तरिय मेयर,उपमेयरकपमा यस बर्ष पहिलाे पटक महिला क्रीकेट प्रतियोगिता समेत सुरु गरेएको थियो।

पछिल्लो समय सर्वत्र लाेकप्रिय बन्दै गएकाे क्रीकेट प्रतियोगितामा ५ महिला टिमकाे सहभागीता रहेकाे थिए ।

५ टिम बिच भएको प्रतियोगितामा विजेता स्व.मिनवहादुर थापा मेमाेरियल फाउण्डेसन र प्लस पुनपुना क्लव परशुराम १२,जाेगबुडाकाे सयुक्त टिम र उप-बिजेता भुवनेश्वरी नमुना माध्यमिक बिद्यालय परशुराम ५ परिगाउ भएको छ ।

महिला भलिबल प्रतियोगितामा भने महिलातर्फ ९ टिमकाे सहभागीता रहेकाेमा प्रथम त्रिबेणि बहुमुखी क्याम्पस परशुराम १२, जाेगबुडा, दाेस्राे परशुराम नगरपालिका वडा.न.४ कटाल र तेस्राे शैलेश्वरी माध्यमिक बिद्यालय, तुलाभाडि रहेकाे छ ।
पुरुष भलिबल तर्फ १३ टिमकाे सहभागीता रहेकाेमा प्रथम परशुराम नगरपालिका वडा.न.१ सलौन, दाेस्राेमा प्याराडाइज इन्जिनियरिङ कन्सलटेन्सि धनगढी (कटाल) तेेस्राे परशुराम नगरपालिका वडा.न. ४ कटाल भएको छ ।

पुरुष कृकेट तर्फ १४ टिमकाे सहभागीता रहेकाेमा बिजेता जाेगबुडा स्पाेर्ट क्लव परशुराम १२, उप- बिजेता परशुराम ४ कटाल भएको छ ।

शुक्रबार परशुराम नगरपालिका वडा.न.९ का वडाअध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक देब बहादुर बाेहराकाे अध्यक्षता तथा नगर-उप-प्रमुख बिमला कुमारी बाेहरा महताकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएकोछ। बिजेता,उपबिजेता टिम लाई हार्दिक बधाई सहित सहभागी सम्पूर्ण खेलाडी हरुलाई खेलजीबनको स्वर्णिम सुभकनमना। प्रतियोगिता सभ्य र भब्य तरीकाले सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply