दलित मुक्ति अभियानकाे सुदूरपश्चिम प्रदेश भेला सम्पन्न, दानबहादुर सुनारकाे नेतृत्वमा समिति गठन

हेमा भट्ट
२६ माघ २०८१
धनगढी : नेपाल दलित मुक्ति अभियानको सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भेला शनिबार सम्पन्न भएको छ । धनगढीमा सम्पन्न उक्त भेलाले दानबहादुर सुनारको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
उक्त कमिटी ५३ सदस्यीय हुनेछ । बाँकी पदाधिकारी तथा सदस्यहरूलाई नौ जिल्लाको जिल्ला अधिवेशन सकिएपछि चयन गर्ने तयारी रहेको नव-निर्वाचित प्रदेश अध्यक्ष दान बहादूर सुनारले जानकारी दिए । 

विशेषगरी दलित हक अधिकारको लडाइँको लागि स्थापना गरिएको उक्त संगठन राजनीतिक रूपमा स्वतन्त्र रहेको छ । तर, आवश्यक परेको अवस्थामा संगठनलाई राजनीतिक दलको रूपमा समेत अगाडि बढाउन सकिने केन्द्रीय अध्यक्ष सुनील लोहनीले जानकारी गराए । भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि राष्ट्रिय दलित अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसीले दलित मुक्तिका लागि सम्पूर्ण दलित समुदायले आन्दोलन तथा कार्यक्रम गर्नुपर्ने बताए । दलित उत्पीडनको इतिहास लामो छ । तर, पटकपटक नेपालमा दलित आन्दोलन सुरु भए तर अहिलेसम्म सफल हुन सकेनन् उनले भने त्यो अवस्थामा हामीले दलित मुुक्तिको लागि व्यापाक रूपमा जिल्ला जिल्ला गाउँ गाउँ पुगेर कार्यक्रम गर्नुपर्नेछ र बाहुनवादी संरचनाबाट दलित मुक्ति सम्भव नभएको बिसीले जानकारी गराए ।

लगतै नेपाल दलित मुक्ति अभियान र राष्ट्रिय नेपाल दलित मुक्ति अभियान र नेपाल दिलत मुक्ति अभियान कार्यगत एकता हुने जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दलित मुक्ति अभियानको अध्यक्ष सुनील लोहनीले दलित मुत्तिका लागि अझै लडाइँ गर्न बाँकी रहेको बताए । यसैगरी आगामी दिनमा दलित अधिकारका लागि लड्दै आएका अन्य संगठन तथा संस्थासँग सहकार्य गरिने पनि उनको भनाइ छ । कार्यक्रममा अभियानकै बागमती प्रदेश संयोजक कृष्ण विक, लुम्बिनी प्रदेश संयोजक लिला विक,कर्णाली प्रदेश संयोजक निर्मला बस्याल सुदूरपश्चिम प्रदेश संयोजक सुर्य विक, प्रदेश तथा जिल्ला प्रतिनिधि, अधिकारकर्मीलगायतको उपस्थिति थियो । दलित मुक्ति अभियानका सुदूरपश्चिम प्रदेश सचिव विमल बिकको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको संचालक दलित मुक्ति अभियानका सुदूरपश्चिम प्रदेश संयोजक दानबहादुर सुनारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply