माग २६ धनगढी
युवा व्यवसायी तथा सामाजिक अभियन्ता विशाल भट्टले सुर्नया गाउँपालिका भित्रका विद्यालयहरूका खेलाडीलाइ ७० थान जर्सी वितरण गरेका छन्
गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका विद्यार्थी खेलाडिहरुका लागि भट्टले सबै विद्यालयमा गरी ७० सेट जर्सी वितरण गरेका हुन
युवा ब्यवसायि भट्ट आफु खेल प्रेमै रहेको र खेल क्षेत्रको विकास गर्न खेलाडीलाई का साथै विद्यालयहरूलाई थप प्रोत्साहन गर्नको लागि जर्सि बितरण गरेको बताउनुभयो
धनगढीमा बिजी गार्मेन्ट चलाउँदै आएका भट्टले गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको पूर्व सन्ध्यामा विद्यालयहरूलाई जर्सी वितरण गरेका थिए
राष्ट्रपति रनिङ शिल्डमा १३ वटा विद्यालयहरुको सहभागिता रहेकोमा उदयदेव माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, रौलेश्वर माध्यमिक विद्यालय, बासुदेव माध्यमिक विद्यालय र भुवनेश्वर माध्यमिक विद्यालयका खेलाडीहरुका लागि ७० सेट जर्सी एक कार्यक्रम का बिच युवा व्यवसायी तथा सामाजिक अभियन्ता भट्टले हस्तान्तरण गरेका हुन्
खेल क्षेत्रको विकास गर्नको लागि खेलाडीहरूलाई विद्यालय स्तरबाटै प्रोत्साहन गर्न सके अझ थप प्रभावकारी हुने र राज्यले समेत खेलाडी लाइ प्रोत्साहन गर्नुपर्ने भट्टले बताउनुभयो
भट्ट सामाजिक गतिविधिमा पनि निकै सक्रिय रहेका छन् ! उनि बाल क्लब, युवा क्लब मा समेत संलग्न छन्। उनले असअघि पनि आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वहन गर्दै सामग्रीहरू वितरण गर्दै आएका छन्।