वडा नं ६ ले चुम्यो अध्यक्ष कप फुटबलको उपाधि

हेमा भट्ट
२७ माघ २०८१
कञ्चनपुरको कृष्णपुरमा सञ्चालित सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा न‍ं‍‍. ६ ले जितेको छ ।

कृष्णपुर उपमहानगरपालिका वडा न‍ं‍‍. ९ को आयोजना आज आइतबार सम्पन्न फाइनल खेलमा १-१ काे बराबरी पश्चात् ट्राइ वेकरमा वडा नम्बर ४ लाई ६- ५ ले गोल पराजित गर्दै वडा न‍ं‍‍. ६ ले उपाधि जितेको हो ।

राजघाट खेलमैदानमा भएको खेलमा आफ्नो दबदबा प्रस्तुत गरेको वडा न‍ं‍‍. ६ ले उपाधि सँगै नगद ५० हजार ट्रफी हात पार्‍यो । फाइनलमा हार बेहोरेको वडा न‍ं‍‍. ४ उपबिजेतामा सीमित रहँदै नगद ३० हजार ट्रफी सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । नगद
रकम नेपाल सरकारको नियमानुसार हस्तान्तरण गरिने आयाेजकले जानकारी गराए ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत वेस्ट उदयमान खेलाडी वडा न‍ं‍‍. ९ का मिलन बलायर वेस्ट डिफेन्स वडा न‍ं‍‍. ६ का दिपेश विष्ट हाई स्कोरर वडा न‍ं‍‍.७ का प्रकाश बाेहरा,वेस्ट किपर वडा न‍ं‍‍. ४ का खगेन्द्र रावल, वेस्ट पिलियर वडा न‍ं‍‍. ६ राेशन भुल, डिफेन्डिङ वडा नम्बर ६ का दिपेश बिष्ट उत्कृष्ट सबैलाई ट्रफी प्रदान गरिएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह कृष्णपु, नगरपालिका वडा न‍ं‍‍. ९ का वडा अध्यक्ष कैलाश बलायरको अध्यक्षता तथा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाकाे प्रमुख आतिथ्य एवं उपप्रमुख द्राेपती राना र वडा न‍ं‍‍. ३ का अध्यक्ष खेमराज चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष धर्म सिंह, वडा ६ का वडा अध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना,वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डे, विभिन्न पार्टीका प्रतिनिधि बुद्धिजीवी समाजसेवीकाे आतिथ्यमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ओझाले यूवाहरुलाई लक्षित गरी सञ्चालन गरेको प्रतियोगिता एकदमै सराहनीय भएको धारणा व्यक्त गरे। प्रतियोगितामा कृष्णपुर नगरपालिकाका जम्मा ९ टीम सहभागी थिए । प्रतियोगिता माघ २१ गतेबाट सुरु भएको थियो । कृष्णपुर नगरपालिका वडा न ९, राजघाको खेलमैदानमा भएको थियो। राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीयस्तरमा पनि यूवाहरुलाइ लक्षित गरी स्थानीयस्तरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन टिम लिडर चन्द्र प्रकाश भट्टले गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply