गणेश क्षेत्री
माघ २८ धनगढी
कैलाली जिल्ला को बोर्डर आउट पोस्ट हिम्मतपुर र चर्रा बाट कुखुरा माछा, लगायत दिनदहाडै तस्करि हुँदै गरेको छ
सशस्त्र प्रहरी बल बिओपि हिम्मतपुरका इन्चार्ज त्रिभुवन बिष्ट संग यस भन्दा पहिला पनि कुखुरा माछा ओसारपसार हुन्छ भनेर प्रस्न गर्दा आक्रोशित भएका थिए
सशस्त्र प्रहरीको सहमतिमै दिउँसो स्थानीय हरुले निर्बाधरुपमा कुखुरा ल्याउँछन भने रात्री को समयमा ठुलो परिमाण मा कुखुरा ,माछा ओसारपसार हुनाले नेपाली ब्यवसायिहरु धरापमा परेर पलाएन हुने स्थितिमा रहेको कुखुरा ब्यवसायि संघका जिल्ला सदस्य दिलिप बुढाले बताउनुभयो
यो नौलो कुखुरा होइन जतिपटक गएपनि कुखुरा ओसारपसार भएको देख्छौ ! सिमा तथा भन्सार सुरक्षा को जिम्मा लिएको सशस्त्र प्रहरी को मिलेमतो बिना सम्भब नहुने बुढा ले बताउनुभयो ।
ईन्डिया मा ७० रुपैयाँ भारुमा पाइन्छ ! तर नेपालमा लागत खर्च धेरै हुन्छ दाना औसधि महँगो हुन्छ त्यसैले ईन्डिया बाट कुखुरा ओसारपसार र तस्करी हुने गरेको पाइएको छ कुखुरा ब्यवसायि कृष्ण डागिले बताउनुभयो
स्थलगत रिपोर्टिङ को क्रममा पनि ईन्डिया बाट दिउँसो प्रत्येक पटक डुङ्गा मा कुखुरा ल्याइरहेका स्थानीय भेटिएका थिए
सशस्त्र प्रहरी बल का डि आइ जि दिपक अधिकारी ले घरको लागि स्थानीय ले कुखुरा ल्याउने गरेको तर अहिले त्यो तत्त्कालै रोक्नु भनिसकेको बताउनुभयो