एसईई आइडल ४ लाई बाईबाईको साथ

माघ २८ धनगढी
सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल ४ मा बाईबाई चाउचाउले पनि साथ दिने भएको छ । प्रतियोगितामा बाईबाई चाउचाउ “पावर्ड बाई” का रुपमा जोडिएको हो ।

एसईई आईडल ४ को आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र बाईबाई चाउचाउका सुपका सिनियर म्यानेजर नेत्र अर्यालका बिचमा प्रायोजन सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो ।

विगतका ३ वटा संस्करण देखि बाईबाईले एसईई आइडललाई निरन्तर साथ दिँदै आएको हो । विगत जस्तै यस संस्करणमा पनि जोडिएर सुपको कला क्षेत्रलाई टेवा पुगाउन पाएकोमा सिनियर म्यानेजर अर्यालले खुसी व्यक्त गरेका छन् ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणका सुपका ९ जिल्लाका विद्यार्थीहरु सहभागी हुने गरि विभिन्न स्थानहरुमा अडिसनहरुमा आयोजना गरिदैछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।आजको मिति सम्म १९ स्थानमा अडिसन आयोजना भइसकेका छन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply