माघ २९ धनगढी
कैलालीबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेका छ्न ।
साउँदलाई गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
साउँदलाई चितुवाको एक थान छालासहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1