बागिस्वरी माविले मनायो ५३ औं बार्षिकोत्सव

फागुन १ धनगढी
कञ्चनपुर को पुनर्वास नगरपालिका ८ मा रहेको श्री बागीस्वरी माविको ५३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवण को सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रम का बिशिस्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापा रहेका थिए भने अतिथि हरूमा कार्यपालिका सदस्य विभिन्न वडाका वडा अध्यक्ष , वडा सदस्य , विभिन्न बिद्यालय का प्र अ , शिक्षकशिक्षिका लगायत रहेका थिए ।

कार्यक्रममा बिद्यालय का प्रधानअध्यापक डिल्ली प्रसाद शर्माले बिद्यालय को बार्षिक प्रतिवेदन प्रस्तुत गर्का थिए ।

बिद्यालय को आवस्यक भौतिक पुर्वाधार को अवस्था , शैक्षिक सुधारका लागि भएका प्रयासहरू , बिद्यालय को ईतिहास निर्माण , सम्पन्न भएका भौतिक निर्माणकार्य , शैक्षिक उपलब्धि तथा चुनौती हरू , भावी योजना तथा सम्भावना का बिषयमा प्र अ को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

२०२२ सालमा साविक पराशन गाउँ पञ्चायत भवन रहेको स्थानमा कक्षा १,२ र ३ सञ्चालनमा रहि २०२९ सालदेखि तत्कालीन समाजसेवी बुद्धिजीवी तथा शिक्षा प्रेमिको संयुक्त प्रयासमा कक्षा ४,५,६ र कक्षा ७ सम्म श्री बागीश्वरी निमावि सञ्चालनमा ल्याउन सकिएको प्र अ को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

साविक पराशन गाउँ पञ्चायत रहँदा श्री गणेश प्रावि बाट श्री बागीस्वरी निमावि रहेको स्थापनाकालमा बिद्यालय को संस्थापक अध्यक्ष पिताम्बर ढकाल , संस्थापक प्र अ स्वर्गीय शालिग्राम शर्मा रहनुभएको ईतिहास प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास स्थापनाकाल संगै स्थापना भएको बागीस्वरी माविले धेरै चुनौतीको सामना गर्दै ५३ औं बर्ष प्रवेश गर्दैगर्दा शैक्षिक उन्नति र प्रगति तर्फ उन्मुख हुन सफल भएकोमा बिद्यालय परिवारलाई धन्यवाद तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय साविक पराशनमा शैक्षिक संस्था हरू प्रसस्त सञ्चालनमा सञ्चालनमा आएपनि बागीस्वरि मावि यस क्षेत्र कै अग्रणी सामुदायिक बिद्यालय रहेकोले यसलाई सबै अभिभावकले माया गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

बिद्यालय मा स्थापना गरिएको अक्षयकोष बाट यस बर्ष विभिन्न बिदामा उत्कृष्ट हुने १८ जना छात्र छात्रा लाई नगद पुरस्कार तथा सम्मान गरिएको थियो ।
सो अवसरमा बिध्यार्थिहरूले बिबिध कला संस्कृति हरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन आन्तरिक लेखा परिक्षण प्रतिनिधि राजु थापाले आर्थिक बर्ष ०८० /८१ पुसमसान्तसम्म को कुल कुल ९६ लाख ९ हजार ५२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए । शिक्षक गगन बहादुर सांउदले स्वागत गरेको कार्यक्रम को सञ्चालन शिक्षक नेत्र प्रसाद उपाध्यय ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply