धनगढीमा सरसफाई गरिदै

फागुन ३ धनगढी
हाम्रो-धनगढी-हामी बनाउछौं हाम्रो-धनगढी-सफा-धनगढी अभियान अन्र्तगत धनगढी २ को आदर्श टोलमा सरसफाई गरिएको छ ।
आदर्श टोलमा सामाजिक परिचालक निर्मला रावल, टोल विकास समिती अध्यक्ष देबेन्द्र अधिकारी र सरसफाइ समिती संयोजक एवम् स्वमयसेविका लिला तिमिल्सिनाको नेतृत्व र स्थानीयवासीको सहभागितामा सो सरसफाई गरिएको हो ।

त्यस्तै धनगढी १३ को श्रीलंका सुकुम्बासी टोलमा कार्यपालिका सदस्य निशाकुमारी आउजी, सामाजिक परिचालक कौशिल्या ओझा, भलमान्सा आईतराम चौधरी र रमेश बिकको नेतृत्वमा सरसफाइ समिती, आमा समुह, टोल विकास संस्था र स्थानीयहरुको सहभागितामा वृहत वडा स्तरीय सरसफाई कार्यक्रम पनि सम्पन्न गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । साभार निशाना न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply