फागुन ४ धनगढी
कार्यक्रममा पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले खुला सिमा नाकाको फाईदा उठाउदै अवैध कारोबार मा वृद्धि हुँदै आएको ठहर गर्दै कर छलि गरि भारतीय मालसामान हरू निर्वाद रूपमा भित्रीने गरेको उनलेे बताए ।
विगत एकदशक यता नेपाली बजारको अवस्था धरासायी हुँदै आएका छन सिमावर्ति भारतीय बजारहरूमा बार्है महिना घुईचो लाग्ने गरेको छ । सिमा नाकामा सशस्त्र प्रहरी हरू तैन त छन यद्यपि अवैध निकासीपैठारीमा कमि आउन सकेको छैन यश तर्फपनि नेपाल भारत मैत्री संघले दुबै देशका प्रशासन संग समन्वय गरि समस्या सुल्झाउनुपर्ने मा उनलेे जोड दिए ।
सिमावर्ति बजार फस्टाउदै गएको र नेपाली बजार मा कारोबार नहुदा स्थानीय व्यापारी हरू आर्थिक मारमा परेका छन यसलाई सहजिकरण गर्न नेपाल भारत मैत्री संघ र स्थानीय सरकारले पहल गर्नुपर्ने उनले सुझाव दिए
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै अतिथि तथा सुदूरपश्चिम प्रदेश आविष्कार संयोजक रामचन्द्र नेपाल ले भारत र नेपाल मित्रताको लामो ईतिहास रहेको चर्चा गर्दै बिस्वको सबै राष्ट्र प्रवेश गर्दा वा बिदेशी हरू नेपाल आउदा पासपोर्ट वा भिजा चाहिन्छ तर नेपाली हरू भारत जाँदा वा भारतीय नागरिक नेपाल आउन कुनै पासपोर्ट भिजा चाहिदैन यो नै मित्रताको ज्वलन्त उदाहरण रहेको नेपाल ले बताए ।
धेरै नेपाली हरू भारतमा रोजगारी गर्छन भने भारतीय हरूपनि नेपाल को विभिन्न शहर हरूमा व्यापार व्यवसाय गर्दै आएका छन कुनै रोकटोक छैन , यसलाई अझ व्यवस्थित बनाउन सकिएमा सम्बन्ध अझ राम्रो बन्न सक्ने उनले जोड दिए ।
मित्रता खाली बोलिले मात्रै प्रयाप्त नहुने जिकिर गर्दै जसरि भारतमा उत्पादित तरकारी , फलफूल ले नेपाल मा बजार पाउदै आएको छ त्यसैगरी नेपाली किसानले उत्पादन गरेका कृषि उपज हरू भारतीय बजारमा सहजरूपमा बिक्रीवितरण गर्ने वातावरण सृजना गर्न संघ तथा जनप्रतिनिधि ले भुमिका निर्वाह गर्न सकेमा सहि रूपमा मित्रता कायम भएको मान्न सकिने नेपाल ले जोड दिए ।
नेपाल भारत मैत्री संघ पुनर्वास मा क्रियाशील रहँदैगर्दा नेपाल भारत को मित्रतालाई कायम राख्दै सुमधुर सम्बन्ध बनाउनमा संघले भुमिका निर्वाह गरोस खाद्य अधिकार मञ्च पुनर्वास का अध्यक्ष कञ्चन गिरिले जोड दिए ।
यद्यपि यसका सकारात्मक वा नकारात्मक पक्ष पनि रहेका छन । खुला सिमानाका का कारण केही विकृति हरू पनि मौलायको अवस्था छ जसले गर्दा सोझासाझा नेपाली हरू ले समस्या खेप्नुपरेको छ उनलेे भने ।
सो अवसरमा उधोग बाणिज्य संघ पुनर्वास का पुर्व अध्यक्ष बिरबल बिस्वकर्माले दुबै देशवासी को मैत्रीपूर्ण सम्बन्ध बनाउदै गर्दा बेलाबेलामा सिमा क्षेत्र का आम नागरिक हरूले झेल्नुपरेको बिबिध समस्या लाई पनि नजरअन्दाज गर्न नहुने कुरामा जोड दिनुभयो । कसैको अधिकार सुनिश्चित गर्दा कतै मानवअधिकार हनन त भएको छैन त्यसतर्फ पनि मैत्री संघले चासो राख्नुपर्ने उहाँले ध्यानाकर्षण गराउनुभयो ।
खुला नाका ले गर्दा बेलाबेलामा नेपाली हरूले विभिन्न प्रकारका समस्या झेल्नुपरेको समस्या लाई उठान गर्दै यो संघले कुटनैतिक पहल गर्नुपर्ने उहाले जोड दिनुभयो ।
कार्यक्रममा संघका अत्तरिया सभापति हरि प्रसाद अधिकारी ले नेपाल भारत मैत्री संघको ईतिहास झण्डै ६८ बर्ष पुरानो रहेको बताए , भारत स्वतन्त्र भईसके पश्च्यात राष्ट्रकवि माधव प्रसाद घिमिरे को अध्यक्षतामा पहिलोपटक यो संस्था को स्थापना भएको र झण्डै २८ बर्ष सम्म संघिय राजधानी काठमाण्डौं मै सिमित रहँदै आएको मा हाल आएर देशैभरि को जिल्ला जिल्ला तथा विभिन्न क्षेत्रमा विस्तार हुँदै आएको उनलेे जानकारी दिए ।
मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरले नेपाल भारत मैत्री संघको पहलमा नेपाल मा थुप्रै विभिन्न शिपमुलक कार्यक्रम हरू सञ्चालन हुँदै आएको र पुनर्वास मा रहेको संस्थाले पनि माग गरेको खण्डमा त्यसता कार्यक्रम हरू सञ्चालन गर्न सकिनृ बताए ।
सिमा क्षेत्रमा हुने नकारात्मक गतिविधि का बिषयमा दुबै देशका सिमा क्षेत्रमा बसोबास गर्ने बुद्धिजीवी , सरकारी अधिकारी तथा जनप्रतिनिधि लाई जमघट गराई त्यसता गतिविधि लाई न्युनिकरण गर्न नेपाल भारत मैत्री संघले पहल गरोस कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए ।
संघ का उपाध्यक्ष मेनका उप्रेतीले स्वागत गरेको कार्यक्रम को सञ्चालन सचिव नवीन कुमार तिमिल्सिनाले गरेका थिए।