आज बिहानको एक्यूआई मापनमा नेपालकै उच्च वायु प्रदूषित सहर बन्यो धनगढी

फागुन ४ धनगढी
धनगढी सहर आज नेपालकै सबैभन्दा प्रदूषित बनेको छ। बिहान ६:३० बजे धनगढीको वायु प्रदूषण सूचकांक (एक्यूआई) १८५ मापन गरिएको छ, जुन स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ। पछिल्लो २४ घन्टामा पनि धनगढीको एक्यूआई १८२ थियो। भक्तपुरमा आज १८२, काठमाडौं शंखपार्कमा १७४, र पोखरामा १६९ एक्यूआई मापन गरिएको छ।

वातावरण विभागका अनुसार १५१-२०० एक्यूआईको स्तर अस्वस्थ मानिन्छ। विभागले वायु प्रदूषणको प्रभावबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ, विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र श्वासप्रश्वास तथा मुटुका बिरामीहरूलाई। मंसिरदेखि जेठ महिनासम्म प्रदूषणको मात्रा उच्च हुने भएकाले सतर्कता अपनाउन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply