फागुन ४ धनगढी
तीन दशक देखि नेपाली साहित्यमा सक्रिय साहित्यकार सिर्जन श्री को सातौँ कृति “घाउमाथिका चुम्बन गजल-सङ्ग्रह “र कवि खिमानन्द बडू भुन्ट्याका बुवाको प्रथम कृति डोट्याली भाषाको कविता सङ्ग्रह पचपन्नमा पचपन्नको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सुदूरपश्चिम सरकारबाट वि.स.२०७९को प्रादेशिक प्रतीभा पुरस्कार लगायतका पचासौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरूबाट सम्मानित सिर्जन श्रीको घाउमाथिका चुम्बन नेपाली गजलमा एउटा कोषेढुङ्गा सावित हुने कुरा समिक्षकहरूले बताएकाछन् ।
लामो समय प्रवासमा समेत बसेर गजल लेखन र नेपाली गजल र नेपाली साहित्यलाई नै संस्थागत गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सिर्जन श्रीको गजल लेखनी नेपालका औंलामा गन्न सकिने गुणात्मक र ओजस्वी गजलकारहरूको अग्रपंक्तिमा आउने र घाउमाथिका चुम्बन गजल-सङ्ग्रहले नेपाली गजलमा पृथक पहिचान बनाउने कुरामा दुइमत नरहेको नरहने कुरा कृतिका समिक्षक तथा साहित्यकार कविराज भट्ट ले बताउनु भयो ।
भट्टले सम्पूर्ण गजलहरूको सार घाउमाथिका चुम्बन गजल-सङ्ग्रहको शीर्षकले बहन गरेको,रदिफहरूको अत्यन्तै सुन्दर र सार्थक प्रयोग गरिएको,काफिया र रदिफहरुको सार्थक र प्रभावकारी संयोजन गरिएको,प्रत्येक गजल र गजलका सेरहरू कुनै न कुनै व्यङ्ग्यवाणले भरिएका, माक्र्सवादी सौर्न्दर्यशास्त्र र पूर्वीय दर्शनको फ्युजन रहेको,भावगत विविधताका साथै प्रगतिशील चेतले सङ्ग्रह भरिपुर्ण रहेको कुरा पनि बताउनु भयो।
त्यस्तै अर्का समिक्षक साहित्यकार रमेश पन्त मितबन्धुले घाउमाथिका चुम्बन गजल-सङ्ग्रह व्यङ्ग्यवाणले भरिपुर्ण रहेको ,सामाजिक चेत,समानता, वर्गीय पक्षधरता लगायतका विविध विषयबस्तुले भरिएको भए पनि मुलत: यसले आधारभूत वर्गको कुरालाई बडो मिहिन ढंगले उठान गर्दै गजलको मर्मलाई अझ माथि उठाउन भूमिका खेलेको र सङ्ग्रह नेपाली गजलको उन्नयनमा महत्त्वपूर्ण उपलब्धि भएको कुरा बताउनु भयो ।
त्यसैगरी समिक्षक तथा टिप्पणीकार साहित्यकार जगदीश ओझाले घाउमाथिका चुम्बन गजल-सङ्ग्रहभित्रका प्रत्येक गजलहरू उच्च कोटिका रहेका र यसबाट नवसर्जकहरूले धेरै कुरा सिक्न सक्ने भएकाले यो सङ्ग्रह अनुकरणीय रहेको र नेपाली साहित्यका लागि सुन्दर उपहार भएको कुरा बताउनु भयो ।
यसका साथै खिमानन्द बडू भुन्ट्याका बुवाको प्रथम कृति डोट्याली भाषाको कविता सङ्ग्रह पचपन्नमा पचपन्नले पनि डोट्याली भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनसक्ने कुरा साहित्यकार ओझाले औल्याउनु भयो ।
यसका साथै पचपन्नमा पचपन्नका अर्का समिक्षक पन्चमराज भटट ठाकुर श्रीले भन्नुभयो खिमानन्दले अत्यन्तै छोटो समयमा त्यो पनि छन्दमा सङ्ग्रह प्रकाशन गर्नु आफैमा एउटा चुनौतीपूर्ण काम थियो ।तरपनि उनले चुनौतीको राम्रैसँग सामना गरेकाछ्न ।सङ्ग्रह पठनीय बनेको छ ।
र यसले डोट्याली कविताको क्षेत्रमा एउटा इटाको काम गर्नेछ ।
यस कार्यक्रमका प्रमुख अतिथि गुगुल्डि वाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष वीर ब चन्दले दुवै कृतिले आ-आफ्नो क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने कुरा बताउनु भयो ।
यो “कृति विमर्श तथा रचना वाचन कार्यक्रम”श्री असीम केदार सांस्कृतिक केन्द्र महेन्द्रनगर कंचनपुरले आयोजना गरेको थियो ।कार्यक्रमको अध्यक्ष भानदेब बडु,प्रमुख अतिथिमा साहित्यकार वीर ब चन्द विश्राम,विशिष्ट अतिथि र अतिथिहरूमा नवराज अवस्थी,साहित्यकारहरू कृष्णकान्त चटौत,मानसखण्ड फाउन्डेसनकि अध्यक्ष नारा जोशी,डा. टेकराज पन्त,हरिप्रसाद खतिवडा ,पन्चमराज भटट,भोजराज जोशी,कृष्णदत्त जोशी बोक्सर,कल्याण ओझा,बिनोद भट्ट,नारायण लम्साल ,नारायण गिरी,प्रगतिशील लेखक संघका सुदूरपश्चिम अध्यक्ष रमेश पन्त मितबन्धु,प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद जगदीश ओझा,प्रगतिशील लेखक संघका सुदूरपश्चिम सचिवालय सदस्य तथा महाकाली गजल प्रतिष्ठानका अध्यक्ष कवि कविराज भट्ट,गङ्गा बिष्ट ,वसाक्षी खतिवडा ,बबिता कार्की,सन्दिप समर्पण ,सानु जोशी,स्मृति पाल,जोत्साना बिष्ट ,मन्जु गिरी,सरस्वती दाहाल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन कवि प्रेमप्रकाश कलाैनीले गर्नु भएको थियोे । दुवै कृति शहीद दिवसको छेको पारेर माघ१६ गते बैतडीमा महान शहीद दशरथ चन्दको जन्मघरमा लोकार्पण भएको थियो ।