फागुन ४ धनगढी
बाजुरामा बसको ठक्करबाट २८ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान साँफे–मार्तडी सडक खण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट घाइते भएका ८ वर्षीय नयन पाध्यायको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएकी बालककी आमा ५० वर्षीय आमा विष्णा पाध्यायको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए ।
धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सुपप्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमा छोरालाई ठक्कर दिएको थियो । प्रहरीले बस र चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडैलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1