नवज्योति ईङ्गलिस बोर्डिङ्ग स्कुलको आठौं वार्षिकोत्सव सम्पन्न

कृष्ण केसी
७ फाल्गुण, २०८१
राप्ती साेनारी गाउँपालिका वडा नम्बर ५ बाँके स्थित नवज्योति ईङ्गलिस बोर्डिङ्ग स्कुलको आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस विद्यालय परिसरमा भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमान सिंह ओलिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्ती साेनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारू प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष थारूले राप्ती साेनारी गाउँपालिकाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा गाउँ पालिकाले पहल गरिरहेको बताइन् साथै नवज्योति इङ्लिस बोर्डिङ स्कुलले गरेको प्रगतिले हर्षित भएको र राप्ती साेनारीमा राम्रो पहिचान बढाइरहेकाले थप गुणस्तरीय शिक्षामा लाग्न सल्लाह प्रदान गर्नुभएको छ। अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको यस नवज्योति इङ्लिस मिडियम बोर्डिङ स्कुल छोटो समयमै अभिभावकको र बालबालिकाको उज्ज्वल भविष्यका लागि सधैं अगाडि बढिरहेकाले अझ आफ्नो पहिचान बढाउन शुभकामना दिनुभएको छ। त्यसैगरी सम्बोधन गर्नुहुँदै विशिष्ट अतिथि भुवर भवानी इङ्लिस मिडियम बोर्डिङ स्कुलका शिक्षक श्री गोविन्द सिंह राठौर ले गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यालय व्यवस्थापन शिक्षक शिक्षिका सधैं सचेत रहनुपर्ने र उच्च मनोबलका साथ सकारात्मक प्रतिस्पर्धाका मार्फतबाट आफ्नो पहिचान अगाडि बढाउन शुभकामना दिनुभएको छ सो आठौं वार्षिक उत्सवमा वर्षभरि विद्यालयले सञ्चालन गरेका क्रियाकलापमा अब्बल हुने बालबालिकाहरुलाई पुरस्कार वितरण तथा आफ्नो पहिचान मौलिक संस्कृति झल्कने नाचगान समेत प्रस्तुत गरिएको थियो। सो भव्य कार्यक्रममा विद्यालयको भविष्य तथा बालबालिकाको उज्ज्वल भविष्यलाई साकार पार्न विद्यालय व्यवस्थापन समिति सधैं अग्रसर रहेको जानकारी दिनुभयो।कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापन अध्यक्ष, सुरक्षाकर्मी, सञ्चारकर्मी,शिक्षक,अभिभावक ,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply